समाचार

गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा ट्रकले ठक्कर दियो, युवकको घटनास्थलमै मृत्यु

एजेन्सी । गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकालेका एक युवकलाई विपरित दिशाबाट आएको तीब्र गतिको ट्रकले ठक्कर दिँदा युवकको घटनास्थलमै मृ’त्यु भएको छ ।

अचानक भएको दुर्घटनामा युवकको मृ’त्यु भएसँगै बसमा भएका यात्रुहरुमा कोलाहल मच्चिएको छ । घटनापछि युवकको शव बसको झ्यालमा झु.ण्डिइरहेको अवस्थामा अड्किएको थियो । घटना भारतको बिहार राज्यको बेगुसरायमा भएको भारतीय मिडियाले जनाएका छन् । मृतक यात्री ३५ वर्षका रन्जीत राय भएको बताइएको छ ।

भारतीय मिडियाका अनुसार बस बेगुसरायबाट मुजफ्फरपुर जाँदै थियो । युवक दुर्घटनास्थलभन्दा केवल २ मिलोमिटर अगाडिसम्म जानको लागि बसमा चढेका थिए । पुलिसले ट्रक चालकविरुद्ध लापरवाहीको आरोपमा प्राथमिकी दर्ता गरेको छ ।

Related Articles

Back to top button