बाइडेनको पहिलो भाषण चीनमा झण्डै १ अर्ब मानिसले हेरेपछि उब्जिएको प्रश्न पूरा पढ्नुहोस्
काठमाडौ । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेनले बहुमत प्राप्त गरेका छन् । मतगणना जारी रहेकाले उनी राष्ट्रपति घोषित हुन बाँकी छ तर स्थान पक्का गरेका छन् । यस्तो अवस्थामा अहिलेका राष्ट्रपति बाइडेनका प्रत्यासी डोनाल्ड ट्रम्पले आफु नै विजयी घोषणा गरिरहेका छन् ।
चुनाबमा धाँधली भएको दावी गर्दै अहिले आएको मतबाटपनि आफु नै विजयी भएको उनको दावी छ । यस्तो अवस्थामा उदयमान शक्ति राष्ट्र चीनले बाइडेनलाई खुलेर समर्थन दिएको छैन । विज्ञप्ति निकालेर नै अहिले नै बधाई दिनु हतार हुने धारणा चीनले राखेपछि अमेरिकनहरु एक पटक सोच्न बाध्य भएका थिए । यद्यपी चीनको विदेश मन्त्रालयको प्रवत्ताले भने बाइडेनलाई बधाई दिएका छन् । यसले चीन केही नरम बनेको हो की भन्ने देखिन्छ ।
तपाईलाई जानकारी गराऔँ सामान्यतः चिनियाँ नागरिक अमेरिकाको चुनावमा चासो राख्दैनन्। अमेरिका मात्र होइन, कुनै पनि देशको निर्वाचनप्रति उनीहरूलाई मतलब हुँदैन। अमेरिकामा जो राष्ट्रपति भए पनि उसले चीनप्रतिको नीतिमा खासै परिवर्तन नगर्ने भएकाले अमेरिकामा हुने चुनाव चिनियाँका लागि चासोको विषय नबन्नु स्वाभाविक पनि हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
तर यसपटकको निर्वाचन भने अपवाद बनेको छ। चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध कायम गरिएको ५० वर्षमा दुई देशबीचको सम्बन्ध सबैभन्दा तल्लो बिन्दुमा ओर्लिएको छ। चिनियाँ सामानमा अमेरिकाले गरेको भन्सार वृद्धि र चिनियाँ नागरकिप्रति गरिरहेको भेदभाव तथा लगाइरहेको लाञ्छनाका कारण चीनले आफूलाई पीडित ठानेको छ।
र यसको बदला कहि कतै लिएर नै छोड्ने रणनीतिमा चीन छ । विश्वव्यापी रूपमा लोकप्रिय चिनियाँ प्रविधि रोक्न अमेरिकाले अन्य मुलुकलाई समेत दबाब दिइरहेको छ। चिनियाँ व्यवसायीलाई विदेश गएका बेला धरपकड गर्ने र झुटा मुद्दा लगाउने अमेरिकाको छलकपटले पनि चीनलाई हैरान बनाएको छ।
सुनिने होइन, देखिने कूटनीति अपनाइरहेको चीनले पछिल्लो सयम बाध्य भएर अमेरिकाको प्रतिवाद गर्न थालेको छ। अमेरिकाकै कारण अब चिनियाँ कूटनीति सुनिने पनि हुन थालेको हो। चीनले विश्वका सबैसँग भाइचारा सम्बन्ध स्थापना गर्दै सहकार्य गर्ने नीति लिएको छ। साझा हित र साझा जित चीनको नारा हो।
चीनको यो अभियानमा सबैभन्दा ठूलो चुनौती पनि अमेरिका नै बनेको छ। अमेरिकाले चीनविरुद्ध मोर्चाबन्दी गर्ने र चीनलाई अप्ठ्यारो बनाउने उद्देश्यले विश्व स्वास्थ्य संगठन, विश्व व्यापार संगठन, जलवायु परिवर्तनजस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थालाई असहयोग गर्ने नीति ल्याएको छ। कतिपय मञ्चबाट त ऊ बाहिरी पनि सकेको छ।
विश्वमा देखिएका महत्वपूर्ण विषयमा हातेमालो गर्नुपर्नेमा यसरी अमेरिका बाहिरिएपछि ती क्षेत्रमा आफूले नेतृत्व गर्नुपर्ने बाध्यता आइपर्नु र सहकार्य तोडिँदै जानुले चीन गम्भीर बनेको हो। चीनलाई थाहा छ की ट्रम्प गएर बाइडेन आएपनि उनीहरुकोे नीति यही हुनेछ ।
तर उल्लिखित प्रतिकूल अवस्था अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिर्जना गरेका हुन्। ट्रम्पले थालनी गरेका तमाम खराब नीति आफू राष्ट्रपतिमा निर्वाचित भएमा खारेज गर्ने वाचा जो बाइडेनले चुनावताका गरेका थिए। त्यसकारण चिनियाँ नागरिकले बाइडेनको जितको कामना गर्नु स्वाभाविक बनेको हो।
राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले गत आइतबार अपराह्न सम्बोधन गरे। जुन भाषण चिनियाँ विइपोको माइक्रो ब्लगिङमा टप ट्रेन्डिङमा पर्यो। बाइडेनको सम्बोधनको भिडिओ हेर्ने, सुन्ने चिनियाँ नागरिकको संख्या झण्डै १ अर्ब नजिक छ । सामान्यतः विदेशी राजनीतिक नेताको सम्बोधनलाई यति धेरै चिनियाँले सुनेको–हेरेको सम्भवतः यो पहिलोपटक हो।
यसपटकको अमेरिकाको चुनावलाई चिनियाँ सञ्चारमाध्यमले पनि निकै प्राथमिकता दिएर टिप्पणी प्रकाशन गरेका छन्। चिनियाँ सञ्चारमाध्यममा चेतावनीसहितको आशावादी धारणा व्यक्त भएको पाइन्छ। चीनको सरकारी पत्रिका पिपुल्स डेलीको भगिनी प्रकाशन ग्लोबल टाइम्सले लेखेको छ- ‘जो बाइडेनको विजय चीन–अमेरिका तनावको संक्रमण काल सकिने र उच्चस्तरीय संवादबाट आपसी रणनीतिक विश्वास पुनःस्थापना गराउने एउटा अवसर हुन सक्छ।
यद्यपी चीनको नेतृत्व तहले बाइडेनलाई हतारमा आफ्नो पक्षमा लिन भने खोजिरहेको छैन । गोप्य तरिकाले चीनको सहयोग पाएका बाइडेनले हिसाब चुक्ता गर्छन् नै भन्नेमा आशावादी छ । यसैले उनको बधाई कानूनी रुपमा घोषणा भएपछि खर्चिने चीनको तयारी छ । स्मरण गराऔँ सन् २०१६ मा डोनाल्ड ट्रम्प विजयी हुँदा चिनियाँ राष्ट्रपति सी जिङपिङले नै बधाई दिएका थिए । तर त्यो अहिले हुन सकेको छैन । ट्रम्पलाई हारेको घोषणा गराएर बाइडेनलाई बधाई दिने प्रतिक्षाको घडीमा चीन छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******