समाचार

Breaking: काठमाडौंमा ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमान्डौमा ५२ जना , ललितपुरमा ७ जना भक्तपुरमा ६ जना गरि ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लाे २४ घण्टामा देश भर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१०१ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा ८९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।यस्तै गएको २४ घण्टामा ९५ जना कोरोना सङ्क्रमित नि’को भएर घर फर्किएका छन् ।

यस संगै कोरोनासा सक्रमण बाट मु’क्त हुने दर ९८.४ प्रतिशत पुगेको मन्त्रालयले जानाएको छ ।उता भारतमा लगातार दोस्रो दिन पनि ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ६२ हजार ७ सय १४ संक्रमित थपिएका हुन्।

योसँगै भारतमा संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ६ सय २४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ लाख ८६ हजार ३ सय १० पुगेको छ। यस्तै, एक दिनमा मृ’त्यु हुनेको संख्या पनि बढेर ३ सय १२ पुगेको छ। कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेपछि महाराष्ट्र र दिल्लीलगायतका राज्यमा प्रतिबन्धहरु बढाइएको छ।

Related Articles

Back to top button