समाचार

वेरोजगार महिलालाई खाजाघरमा काम लगाइदिन्छु भन्दै….

काठमाडौँ । होटलमा काम दिन्छु भनेर महिलालाई बोलाउने र ग्राहकसंग सम्बन्ध राख्न लगाउने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ति ब्यक्तिले आफनो होटलमा आएका ग्राहकसंग मात्र होइन अन्य होटलमा पनि ति महिलालाई पठाउने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ति युवकलाई पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– जाल्पा रोडस्थित खाजाघर सञ्चालन गर्दै आएका ३४ वर्षीय केशव भुजेलले खाजाघरमा काम दिन्छु भन्दै महिला बोलाउने र त्यस्तो काममा लगाउने गरेको खुलेको हो ।

पक्राउ परेका भुजेलले खाजा घरमा काम गर्ने महिलाहरुले यस्तो वयान दिएका छन् । वेरोजगार भएका महिलालाई काम दिन्छु भनेर बोलाएर उनले आफ्नो होटलमा आएकासंग मात्र होइन अन्यत्र पनि पठाउने गरेको महिलाले बताएका छन् । उनले भनेको नमान्ने महिलाहरुलाई या त ना दिने गरिएको अनुसन्धानवाट खुलेको छ ।

भुजेलले विभिन्न प्रलोभनमा पारेर राम्रो काममा लगाइदिन्छु भन्दै केटीहरु ल्याउने र एक दुई दिनपछि खाजाघरमा आउने व्यक्तिहरुसँग पैसा असुलेर सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीले जनाएको छ । महिलाको उद्दार गरी परिवारलाई जिम्मा लगाइएको श्रेष्ठले भने ।

Related Articles

Back to top button