समाचार

बुवाआमाले जग्गा बेचेर बिहे गरिदिए तर आज ८ महिनाकी गर्भवती हुँदा दाइजाेकाे नाउँमा यस्तो

काठमाडौं ॥ दाइजोको भुंग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन्। बुवाआमाले जग्गाबेचेर कसिदिएको लगनगाँठोकै सम्मान खातिर रेखादेवी मन नलाग्दा–नलाग्दै ईशनाथ–५ लक्ष्मीनियास्थित घर फर्किइन्। ‘त्यसपछिबहिनी रेखादेवी फर्केर आइनन्’, उनका दाइ रोशन ठाकुरले भावविह्वल हुँदै सम्झिए, ‘आयो त केवल मृत्युको खबर। आठ महिनाकीगर्भवती रेखादेवीको मृत्युको खबर साँझ मोतीपुरभरि फैलियो। रेखादेवीको माइती पक्ष दुई किलोमिटर दूरीमा रहेको लक्ष्मीनिया पुगे।तर, उनका पति सञ्जय ठाकुर त्यहाँ देखिएनन्। गाउँलेहरू सञ्जय फरार भएको बताइरहेका थिए। घर प्रहरी घेरामा थियो। सञ्जयकाकाका देवेन्द्र ठाकुर (तत्कालीन वडाध्यक्ष)ले ‘पावर’ लगाए। माइती पक्षलाई गेटमै रोकियो। राति ८ बजे मात्र शव रहेको कोठामा जानदिइयो। प्रहरी मुचुल्कामा सही गर्न भनियो।

सञ्जयका बुवा नागेन्द्रले बिजुलीको मेन स्विच अफ गरिदिए। ‘मोबाइलको लाइट बालेर बहिनीको शव हेर्‍यौं। गालामा हातको डामथियो, शरीरभरि नीलडाम’, रोशनले भने, ‘कपाल लुछिएको थियो। अनुहार र घाँटी वरपर रगतका टाटा थिए। अनुहार कोतरिएको थियोअनि खुट्टा पनि अस्वाभाविक बांगा देखिन्थे। उनका अनुसार कोठामा फुटेका चुरा र सामान यत्रतत्र छरिएका थिए। प्रहरी तिनै चुरा टिप्दैथिए। रेखादेवीको शव ओछ्यानमा थियो। एउटा सल दुई टुक्रा पारेर छोपिएको थियो। रेखाका ससुरालाई उद्धृत गर्दै रोशनले भने, ‘यहीसलमा झुन्डिएर मरेकी हो।’ तर, न झुन्डिएको अवस्थामा शव थियो न त कुनै फोटो देखाइयो। यो खबर अन्नपूर्ण पाेस्ट दैनिकमाछापिएको छ ।***यो समचारको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् य।***

Related Articles

Back to top button