समाचार

काठमाडौं हिँडेकी उपमेयर अमेरिकामा पुगेपछि फर्किनन्, नगरपालिकाको कामकाज प्रभावित

२०७६ साल कात्तिकमा एक कार्यक्रममा भाग लिन अमेरिका गएकी कालीकोट तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली (दर्शना) अझै फिर्ता भएकी छैनन् । उनी घरबाट जाँदा अमेरिकामा नभएर काठमाडौं जान हिँडेको थिइन् । तर, पछि उपप्रमुख नेपाली एक कार्यक्रमका लागि अमेरिका उडेकी थिइन् ।

उपप्रमुख नगरपालिकाबाट सम्पर्कविहीन हुँदा दैनिक कामकाजमा असर परेको छ । उनले असोजमा काठमाडौंं जानकारी दिए पनि अहिलेसम्म नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

‘असोजमा काम विशेषले काठमाडौं जानुपर्ने भयो भनेर मलाई जानकारी दिनुभएको थियो,’ प्रमुख शाहीले भने, ‘अहिले अमेरिकामा हुनुहुन्छ भन्ने सुनेको छु । आधिकारिक जानकारी छैन ।’ नगरपालिकामा उपप्रमुख नहुँदा अहिले दैनिक काममा असर परेको प्रमुख शाहीले जानकारी दिए । ‘जनताका काम दैनिक गर्नुपर्छ । उहाँ केही समितिको प्रमुख हुनुहुन्छ,’ उनले भने, ‘उपप्रमुख नहुँदा समितिका कामहरू पनि प्रभावित भएका छन् ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

नगरपालिकाको उपप्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरीवेक्षण समितिको अध्यक्ष रहेकोमा अहिले यी कामहरू अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए । उपप्रमुख नेपाली बेपत्ता भएपछि कामकाज प्रभावित भएको भन्दै नगरापालिकाले नेपाल सरकार स्थानीय विकास तथा संघीय मन्त्रालयलाई पत्र पठाइएको छ । शिलापत्र

Related Articles

Back to top button