समाचार

केकी अधिकारीको नयाँ ‘लुक्स’, किन खौ’रिन कपाल ?

काठमाडौं- चलचित्र क्षेत्रमा चलेका नायिकामध्येकी एक हुन्-केकी अधिकारी । उनी काममा जति रुचि राख्छिन् उति नै व्यक्तित्वमा पनि ध्यान दिन्छिन् । कला क्षेत्रमा पहिरन र सुन्दरतामा बढी ध्यान दिइने भए पनि केकी पहिरनमा भन्दा सकारात्मक सोचमा सुन्दरता एवं व्यक्तित्व लुकेको दा’बी गर्छिन् ।

नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन्। इन्टाग्राम स्टोरी मार्फत उनले आफ्नो कपाल खौ’रिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। कपाल किन खौ’रिएको बारेमा भने उनले केही बताएकी छैनन् ।०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बो’क्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्। ***यो समचारको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।***

फिल्ममा केकी मुख्य भूमिकामा छिन् ।उक्त फिल्मको क्यारेक्टरको लागि कपाल खौ’रिएको हुनसक्ने अनुमान गरिएको छ ।हाल उनी यही फिल्मको छायाङ्कनमा व्यस्त छिन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् ।

Related Articles

Back to top button