समाचार

हङकङ लान्छु भन्दै बिहे गर्दै पैसा लुट्दै, अहिले सम्म ८ जना सँग बिहे भएको पत्ता लाग्यो

फागुन २१,शुक्रबार

काठमाडौ ।दुईजना श्रीमान अनि एउटै श्रीमती ,यो कुरा नै आश्चर्य छ ।आश्चर्यजनक त्यति मात्रै कहाँ होर दुबै श्रीमानको बिहेदर्ता समेत एउटै मितिमा लेखिएको छ ।अझ दुबै श्रीमान एउटै श्रीमती खोज्न भन्दै मिडियासम्म आएका छन् ।

ती दुई श्रीमान भन्छन् कि उहाले यसरी नै बिवाह गर्दै पैसा लिएर ठगेर हिडेको लगभक आठ(८) जना पुगेको बताउछन् ।यस्ता ठगहरुबाट आफू ठगिएपनि अन्यत्र नठगियोस् भन्दै मिडियामा आएको बताउछन् ।गरिब दुखिले एकदमै मिहेनत गरेर १ रुपैया २ रुपैया जम्मा गर्दै आफ्नो कर्म बनाउन बिदेश जाने रहर नभई बाध्यतालाई अङ्गालेर हिड्ने सपना देखेको मान्छेलाई यो अवस्थासम्म पुर्याउने यिनिलाई पाप हैन श्राप लाग्नेछ । अब कोही पनि यसरी नझुक्किनु होला।

एक जना युवतीले दुई पुरुषसंग एकै दिन कसरी विवाह गर्न सक्छ। सुसन तामागं उर्लावारी र राजु लिम्बुको जिवनमा यस्तै घटना भएको छ । उनीहरुकी श्रीमतीको नाम रिमा आले मगर हो । यो संयोग नाममा मात्र होइन ति युवती एउटै हुन् ।उनीहरु दुवै जनाको विवाह दर्ता छ । विवाह दर्तामा मिति एकै दिन छ । विवाह दर्ता गरेर पैसा लिएपछि अचानक रिमा आले हराइन् । एक जना श्रीमान रिमालाई खोज्न थाले । यसरी हिड्दा उनले रिमाकै अर्का श्रीमानलाई पनि फेला पारे ।अहिले रिमाका दुई श्रीमान संगै मिडियामा आएका छन् । दुई जनाले अनुसन्धान गर्दै जाँदा उनीहरुजस्तै अरु पनि रहेको थाहा पाएका छन् । हामीले अहिले सम्म ८ जना अरु युवक पनि हामीजस्तै पीडित भएको थाहा पाएका छौं ।

विदेश जाने चाहनाले उनीहरुलाई यस्तो बनाएको हो । हगंकगं जाने भनेर रिमाले सुसनसंग एडभान्समा २५ लाख रुपैया लिएकी थिइन् । उनीसंग विवाह गरिन् अब म हगंकगं गएर अरु कागजपत्र बनाउँछु भनेर उनी गइन् । त्यस्तै अर्का युवक पनि विदेश जान चाहन्थे ।उनलाई पनि रिमाले आफु हगंकगंको आइडि भएको र आफुलाई पनि लैजाने भनेर विवाह गरिन् । उनीसंग पनि त्यती नै पैसा लिइन् ।उनीसंग पनि विवाह भयो । यि दुवै युवकलाई रिमासंग भेट गराइदिएका हेम प्रसाद चेमजुगं हुन् ।दुवै जनासंग यस्तो केटी म संग छ उ संग विवाह गरेर जाउ भनेर सल्लाह दिएको बताएका छन् ।

राजु लिम्बु पनि हङकङ जाने भनेर ७० लाख रुपैयामा सम्झौता भयो । उनले एडभान्समा आधा पैसा दिए । ३० लाख आफुले दिएको बताएका छन् ।पछि राजुले सोही युवतीद्धारा ठ गीएका अरु पनि भएको थाहा पाएको बताएका छन् ।बास्तवमा ती महिलाले बिवाहको नाटक गर्दै बिदेश त्यो पनि हङकङ लगिदिने प्रलोभनमा यसरि नै मान्छे ठग्ने सिलसिला निकै लामो रहेछ ।

भिडियो हेर्न चाहानु हुनेले युटुब च्यानल युवा मन नेपालमा गइ हेर्नुहोला। धन्यवाद ***यो समचारको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।***

Related Articles

Back to top button