रोचक

निलो दाग बोक्सीले रगत चुसेर देखिएकाे हाे त ? जान्नुहाेस्

मानिसकाे शरिरमा निलाे दाग देखा पर्याे भने बाेक्सिकाे आराेप लगाउने गर्छन् । के साँच्चै बाेक्सिले टाेकेकाे हाे त ? कहिले काहिँ देखिने याे दाग के हाे र यसले दुख्छ ? यस्तो दाग र चोट किन लाग्छ ? भन्ने बिषयमा आज हामिले केहि जानकारी दिदैछाैँ ।

हाम्राे समाजमा बोक्सीले रगत चुसेर यस्ताे दाग आएकाे भनिन्छ, तर याे हाम्राे अन्धबिश्वास मात्र हाे । धेरै जस्ताे महिलाको पाखुरा र खुट्टामा यस्तो दाग देखियो भने हाम्राे समाजमा बोक्सीले चुसेको भन्छन् । तर, धर्म शास्त तथा बैज्ञानिकले पनि बाेक्सि छ भनेर कुनै गिनिज बुकमा पृष्टि गर्न सकेका छैन्न ।

तर, चिकित्सकहरु शरीरमा निलो दाग हुनुकाे ८ ओटा कारणल देखिन सक्छ, जान्नुहाेस्ः**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

छालामा चोटः छालामा चोट लाग्याे भने याे दाग देखिन्छ र चाेट जुनसुकै ठाँउमा पनि जहाँ चाेट लाग्याे त्यहि देख्छ । कहिलेकाँही आफ्नै शरीरको भागले अर्को भाग थिच्दा पनि यस्ताे देखिन्छ । यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, त्यसैले हाम्राे शरिरमा निलाे दाग देखिएकाे हाे ।

खानामा पोषण तत्वको कमिः रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको आवश्यकता पर्छ । खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु जस्तै भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।

क्यान्सर र किमोथेरापीका कारणः क्यान्सरपीडित र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दाग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।

औषधी सेवनका कारणः केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ ।

बढ्दो उमरका कारणः बढ्दो उमेर र बुढ्यौलीका कारणले पनि तपाईंको शरीरमा निलो दाग देखिन्छ । बढ्दो उमेरसँगै रगतका धमिनिहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरीरमा निलो दाग देखिन्छ ।

थ्रम्बोफिलियाको समस्याका कारणः थ्रम्बोफिलिया रगत जाम हुने एक प्रकारको समस्या हो । यसले रक्त प्रवाहमा असर पुर्याउने गर्छ । यसलाई ब्लिडिङ डिसअर्डर पनि भनिन्छ, जसका कारण ब्लड प्लेट्सहरु धेरै कम हुन्छ । ब्लड प्लेट कम हुँदा शरीरमा निलो दाग देखिन्छ ।

वोन विलिब्रान्ड रोगका कारणः वोन विलिब्रान्ड रोग एक यस्तो अवस्था हो, जसमा अत्यधिक र विस्तारित मात्रामा रक्तश्राव हुने गर्छ । यो रोग वोन विलिब्रान्ड नामक प्रोटिनको स्तरमा रगतको कमिका कारण लाग्ने गर्छ । यो समस्याबाट पीडित व्यक्तिको शरीरमा सामान्य चोट लाग्दा पनि शरीरमा ठूला निलडाम देखिने गर्छ ।

Related Articles

Back to top button