समाचार

मलेसियाको टप ग्लोभमा कार्यरत नवलपरासीका मगरको सुतेकै अवस्थामा निधन

मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा करिब ६ वर्ष अगाडि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुनबहादुर मगरको आज क्षयरोगका कारण सुतेकै अवस्था मृ त्यु भएको छ ।

टप ग्लोभमै कार्यरत एक नेपालीले नाम नखुलाउने सर्तमा नेपाली मजदुर एकता समाज मलेसियालाई उक्त घटनाबारे जानकारी गराएको मजदुर समाजले जानकारी गराएको छ ।

मृ तकको बारेमा अन्य आवश्यक विवरण प्राप्त हुन बाँकी रहेको र आज र भोलि मलेसियास्थित नेपाली राजदुतावास समेत बन्द रहने भएको कारण यो बारेमा दूतावासलाई पनि आधिकारिक रूपमा जानकारी गराउन नसकिएको मजदुर समाज मलेसियाका अध्यक्ष रामप्रसाद सुबेदीले जानकारी गराएका छन् ।-डिसी नेपाल

यो पनि , रेल सञ्चालन झनै अनिश्चित
पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिसम्मका विषय टुंगो लगाउन बाँकी छ ।

रेल्वे कम्पनीले अन्तरदेशीय अनुमति लगायतका विषय टुंगो लागिसकेको जनाउँदै चाँडै रेल सञ्चालन हुने दाबी गर्दै आए पनि कानुनी जटिलता, जनशक्ति तथा संरचना टुंगो लाग्न बाँकी नै छ । रेल सञ्चालन गर्ने भनिए पनि ‘कुन कानुनका आधारमा सञ्चालन गर्ने ?’ भन्ने मुख्य समस्या हल हुन सकेको छैन ।

नेपालमा रेल सञ्चालनका लागि रेल्वे सम्बन्धी ऐन, २०२० रहेको छ । तर, सो कानुन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेको छ । सरकारले नयाँ कानुन निर्माणका लागि विधेयक संसद्मा पेश गरेको थियो । संसद् विघटनसँगै उक्त विधेयक पनि अलपत्र बन्न पुग्यो । त्यसपछि सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेको अवस्थामा पुनः संसद् पुनःस्थापना भएको छ ।

Related Articles

Back to top button