मनोरंजन

५ तस्विरमा हेर्नुहोस चर्चित गायिका अन्जु पन्तको बिवाह

चर्चित गायिका अन्जु पन्तले विवाह गरेकी छन्। गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग विवाह गरेकी हुन्। दुवै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ बुधबार पाटनस्थित चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको गायिका पन्तको पारिवारिक स्रोतले जनाएको छ।

एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।

थीर र अन्जुको पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। सोही कार्यक्रममा अन्जु अतिथि बनेर आउँदा अञ्जु र थीरबीच परिचय भएको थियो।

उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।

उनीहरुले यस वर्षको माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन सकेको थिएन । एक अन्तर्वार्ताको क्रममा थिरसँग अञ्जुको भेट भएको थियो । यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए । थिरले अञ्जुले गाएका केही गीतमा शब्द समेत कोरेका छन् ।

Related Articles

Back to top button