प्रेममा रहेपनि बले र प्रिज्मालाई सार्वजनिक रुपमै प्रेम स्विकार गर्न किन स’मस्या ?
हाँस्य कलाकार सागर लम्साल ‘बले’ म्यूजिक भिडियोमा पनि चलेका मोडल हुन् । लकडाउनपछि म्यूजिक भिडियोमा उनको व्यस्तता बढेको छ । म्यूजिक भिडियोका महंगा मोडल समेत रहेका सागर पछिल्लो केही महिनादेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा छन् । म्यूजिक भिडियो छायांकनका क्रममा नै सागर र प्रिज्माको भेट भएको थियो ।
उनको प्रेमीका पनि पछिल्लो समयको चर्चित कलाकार हुन्, अहिले निकैनै लोकप्रिय बन्दै गइरहेको एप टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडा सँग सागर लम्साल बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको पोस्ट बाट बुझ्न सकिन्छ । टिकटिकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडा सँग बलेले “रनभुल” नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरिसकेका छन् ।
हाँस्यटेलिसिरियल भद्रगोल हुँदै सक्किगो नी सम्म आइपुग्दा बलेको चर्चा पनि निकै नै लोभलाग्दो छ । उनले सिरियलमा प्रस्तुत गरेका हाउभाउ र बले डान्सलाई दर्शकले अौधी रुचाउँछन् ।चर्चित टेलिसिरियल भद्रगोलबाट हाँस्यकलाकारका रुपमा चिनिएका पछिल्लो समयको चर्चित मोडल सागर लम्साल क्षेत्री उर्फ बलेले पहिलोपटक प्रेमिका सार्वजनिक गरेका हुन् । कलाकारहरुको प्रेम सम्बन्धले मिडियामा बेला बेला चर्चा पाइरहेको बेला सागर लम्सालले पनि सामाजिक सञ्जालमा प्रेमिका सँगको तस्बिर साझेदारी गरेका छन् ।
’ तर, उनले सोझो भाषामा प्रिज्मासँग प्रेम छ भन्न सकेनन् । बरु, उनले जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीलाई एकसाथ जोड्न खोजे । उनले भने–‘अरुका लागि प्रिज्मा र प्रिन्सी फरक होलान् । तर, मेरा लागि एकै हुन् । म उनीहरुलाई अलग राखेर हेर्दिनँ ।’सागरले युटुबमा ‘बले इन्टरटेन्मेन्ट’ पनि संचालन गरेका छन् । उनले केही समय आफ्नो युटुब च्यानलमा म्यूजिक भिडियो नै अपलोड गर्ने बताए । बजारमा चलेको चर्चा अनुसार, प्रिन्सी पनि एक मोडलको प्रेममा छिन् । अब, सागर र प्रिज्माले सार्वजनिक रुपमै प्रिज्मासँगको प्रेमलाई कहिले स्विकार गर्ने हुन् यो भने प्रतिक्षाको बिषय बन्नेछ ।