Uncategorized

सरिता दम्पत्तिले अन्तर्वार्तामै यतिसम्म गरे (भिडियोसहित)

सरिता लामिछाने नेपाली सिनेमा क्षेत्रको परिचित नाम हो । उनी टेलिफिल्मबाट चर्चामा आएकि कलाकार हुन् । निकै नै शालिन, भद्र र सोझो छवि सहित सरिता टेलिफिल्ममा देखिन्छिन् । तर, उनको हालै सार्वजनिक भएको एक अन्तर्वार्ताले भने पर्दामा देखिएको छवि र रियल लाईफमा फरक रहेको दर्शकले अनुमान लगाउन थालेका छन् । किनभने, उनले अन्तर्वार्तामै श्रीमानसँग व्यक्तिगत क्षणहरु बिताइन् । किस गर्ने देख िठट्यौली व्यवहार समेत गरेकि सरिताको कथा हामीले तपाईँहरुमाझ प्रस्तुत गरेका छौँ । नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय नायिकामा पर्छिन् सरिता लामिछाने । नेपाल चलचित्र कलाकार संघको २९ बर्षे इतिहासमा पहिलो पटक महिला महासचिव भएर उनले बनाएको किर्तिमानमात्रै होइन त्यसपछि भएका कामको पनि यस क्षेत्रमा सरिताको प्रायःले प्रशंसा गर्ने गरेका छन् । पर्दामा निकै भलादमि देखिएकि सरिताको अन्तर्वार्तामा देखिएको रोमान्टिक मुडले भने केहि हदमा उनको छवि बिगारेको छ । पति र उनको अन्तर्वार्तामा भएको रोमान्टिक पलहरुले चर्चा पाएको छ ।

नेपालगञ्जमा १० कक्षामा पढ्दै गर्दा एक परिचित केटीले मेरो साथीमार्फत यस्ता शब्द कोरिएको प्रेमपत्र पठाइन् । पत्रले मलाई बेस्सरी काउकुती लगायो । यसमा लेखिएका शब्दहरुको मर्मसँग भने मलाई खासै वास्ता थिएन । जतिसक्दो चाँडो उनलाई भेटेर अंगाल्ने हुटहुटी पैदा भयो । मैले साथीमार्फत नै उनलाई प्रस्ताव पठाएँ, आजै भेटौं । साथी स्वीकृतिको सन्देश लिएर आयो । त्यही साथीको घरमा साँझपख उनीसँग भेट भयो । वास्तवमा मैले त्यसभन्दा अगाडि कहिल्यै कुनै परस्त्रीसँग स्पर्शसम्म गरेको थिइनँ । उनी मसँग टाँसिएर बसेपछि म नचाहिँदो रुपमा रोमाञ्चित भएँ । त्यतिबेला नेपालगञ्जमा लोडसेडिङले गर्दा बत्ती एक एक छिनमा आउन जाने भइरहन्थ्यो । उनी हातमा डटपेन खेलाइरहेकी थिइन् । म के कुरा गर्ने भनेर अल्मलिइरहेको थिएँ । यत्तिकैमा झ्याप्प बत्ति निभ्यो । अन्धकारमा उनी र म मात्र । म झन् रोमाञ्चित भएँ ।

भगवानले मेरै लागि बत्ति निभाइदिएका हुन् कि जस्तो भयो । मनमनै यही हो मौका भन्दै मैले उनलाई गम्लङ्ग अंगालो मारेँ र म्वाई खान लम्किएँ । मुख चुच्चो पारेर गालातिर लम्किदै थिएँ, उनले त रिसाएर हातमा भएको डटपेनले बेस्मारी मेरो अनुहारमा प्रहार गरिन् । डटपेनको टुप्पोले मेरो आँखामुनि घोचेर घाउ पारिदियो । यत्तिकैमा बत्ति आयो । तर, उनी कोठाबाट हिँडिसकेकी थिइन् । यो घटनापछि म नराम्ररी लज्जित भएँ । ठूलो पाठ सिकेको महसुस गरेँ । केटीहरु तनको प्रेमभन्दा मनको प्रेम चाहँदा रहेछन् । सरितासँगको प्रेम सफल हुनुमा सायद यो घटनाले सिकाएको पाठ पनि महत्वपूर्ण छ भन्ने मलाई लाग्छ । किनकि उनीसँग मैले मनको प्रेम गरेँ ।

सानैदेखिको सपना थियो, फिल्ममा हिरो बन्ने । त्यसैले काठमाडौं बसेर संघर्ष गर्न थालेँ । १०० वटा जति नाटक, १८ वटा टेलिफिल्म र भिडियो फिल्ममा नायक भएँ पनि । तर, फिल्म पाइनँ । हिरो बन्ने खालको कच्चापदार्थ आफूमा छैन भन्ने निकैपछि महसुस गरेँ । त्यसपछि निर्देशनतिर ढल्केको हुँ । खातापिता परिवारको म साइँलो छोरा । नेपालगञ्जमा थुप्रै पारिवारिक व्यवसायहरु थिए । परिवार चाहन्थ्यो, म नेपालगञ्जमै बसेर ती व्यवसायहरुमा काम गरुँ । म कलाकारितामा ‘बरालिएको’ कसैलाई मन परेको थिएन । तर, मेरा निम्ति धर्म, कर्म सबै कलाकारिता थियो । सबै कुरा त्याग्न सक्थेँ, कलाकारिता त्याग्न सक्दिनँथे । यसले गर्दा परिवारसँग मेरो मनमुटाव बढ्यो । म कराँते र तेक्वान्दोको ब्ल्याकबेल्ट थिएँ । काठमाडौंमा आफूलाई टिकाउनका लागि मैले तेक्वान्दोको तालिम दिन सुरु गरेँ । मेरा चेलाहरु थुप्रै भए । तीमध्ये केहीसँग मेरो दोस्ती भयो । तर, उनीहरुको संगतले म नराम्ररी बिग्रिएँ । रक्सीको कुलत र गुण्डागर्दीमा लागेँ । खुकुरी(पेस्तोल बोकेर हिँड्नु सामान्य भयो । प्रहरीले समात्नु र छोड्नु सामान्य भयो ।

हाम्रो ५२ जनाको समुह थियो । हामी रक्सी खाएर हुलदंगा गर्नेदेखि हप्ता उठाउनेसम्म काम गथ्र्यौं । गौशालादेखि नयाँ बानेश्वरसम्म र मैतीदेवीदेखि सिनामंगलसम्म हाम्रो एरिया थियो । हामीले ३(४ वर्षसम्म हप्ता उठाउने काम गर्यौँ । यसो म सुरुसुरुमा म रक्सी खान्नथेँ । हप्ता उठाएपछि जम्मा भएको पैसाले अरु रेस्टुरेन्टमा तोङबा, छ्याङ र सुकुटी खान्थे । म चाहिँ फलफुल खान्थेँ । तर पछि(पछि लाज लाग्न थाल्यो । त्यसपछि रक्सी खान सुरु गरेँ । बिस्तारै म रक्सीको कडा अम्मली बनेँ । एक समय यस्तो आयो, म बिहानदेखि रातिसम्म रक्सी पिएर बस्थेँ । ६ बजे उठेदेखि राति १२ बजेसम्म । यो क्रम दुई महिनासम्म चल्यो । त्यसपछि आफैंले महसुस गरेँ, यसरी त म बर्बाद हुनेभएँ । तर, रक्सीको अम्मल त्यसै कसरी छुट्थ्यो । अनि, मैले विवाह गर्ने निधो गरेँ ।

सरिताको आगमन

कुनै फिल्ममा हिरोइनले प्रवेश गरेजस्तो सरिता अपर्झट मेरो जीवनमा प्रवेश गरेकी होइनन् । यो ‘लभ एट फस्र्ट साइट थिएन । उनलाई मैले कहिलेदेखि मन पराएँ भन्न सक्दिनँ । ‘आइ लभ यू’ भनेर प्रेम प्रस्ताव राखेको पनि होइन । एकैचोटि बिहेको प्रस्ताव राखेँँ । बिहेको प्रस्ताव राख्दा मैले उनलाई ‘म यस्तो खालको केटा हुँ, मेरो परिवार यस्तो छ, मेरो सपना यो हो’ सबै भनेँ । तर, ‘रक्सी पिउँछु, गुण्डागर्दी गर्छु, हप्ता उठाउँछु’ भनेर भनिनँ । भनेको भए कसरी स्वीकार्थिन् होला र ? मैले सरितालाई पहिलोपटक देखेको उनको फुपूको घरमा हो । त्यतिबेला म आरआर कलेजमा आइए पढ्थेँ । उनकी फुपुदिदी मेरो कलेजकी साथी थिइन् । उनी फुपूका घरमा बसेर पढ्दै थिइन् ।

सुरु(सुरुमा मैले उनलाई त्यति ध्यान दिइनँ । जब ध्यान दिन थालेँ, उनीप्रति झुकाव बढेको महसुस गर्न थालें । विशेषगरी उनको सरलता र शालीनताले मलाई पगाल्दै लग्यो । मेरो जीवनसाथी हुन हरहिसाबले योग्य केटी यिनै हुन् भन्ने मनले स्वीकार्दै गयो । यिनैले मेरो बरालिएको जीवनलाई सम्हाल्नेछिन् र अनि यिनैले मलाई रक्सीको दलदलबाट निकाल्नेछिन् भन्नेमा म ढुक्क थिएँ । मैले सरितालाई एकैपटक प्रेम र विवाहको प्रस्ताव गरेँ । उनले तत्कालै स्वीकार गरिनन् । गर्छिन् भन्ने पनि थिएन । उनले सोच्न समय मागिन् । मैले दिएँ । केही दिनमा उनले सकारात्मक जवाफ दिइन् । म खुशीले पागल भएँ । संसारकै बहुमूल्य चिज पाएझैं भयो ।

सरिता र मेरो प्रेममा मौनता हावी थियो । जब प्रेम भयो, त्यसपछि मलाई उनको घरमा बारम्बार जान लाज लाग्न थाल्यो । जाँदा पनि बोल्न लाज लाग्न थाल्यो । कहिले हेराहेर गरेर मात्रै पनि फर्किएको छु । हामी जम्माजम्मी एकपटक डेटिङ गयौं । नयाँ वानेश्वरको एउटा रेस्टुरेन्टमा चाउमिन खान भनेर गएका थियौं । कुर्सीमा बस्ने बित्तिकै ‘ए ऋषि’ भनेर बोलायो । मेरा जेठो दाइका साथी हुनुहुँदोरहेछ । रंगेहात समातिएको महसुस गरेर म थर्थरी काप्न थालेँ । ‘चाला ठीक छैन नि, को हो त्यो केटी ?’ नजिकै गएपछि उहाँले मलाई सोध्नुभयो ।

‘कोही होइन, साथी मात्रै हो,’ मैले अन्कनाउँदै जवाफ दिएँ । ‘ए, ल ठीक छ,’ उहाँले पत्याएझैं गर्नुभयो । त्यसपछि हामी केही नबोली भटाभट चाउमिन खाएर हिड्यौं । कोठामा पुगेपछि घरबेटीले बोलाउनुभयो । ‘घरबाट दाइको फोन आएको थियो, छिटो फोन गर अरे,’ उहाँले यो खबर सुनाएपछि मेरो मनमा चिसो पस्यो । फोन गरेँ । मनोहर दाइ आगो हुनुभएको रहेछ । ‘के हो, केटीलाई रेस्टुरेन्टमा खुवाउँदै हिँड्छस् रे । को हो त्यो केटी ?’ उहाँले मलाई साफसँग झपार्नुभयो । मैले अब आइन्दा यस्तो गर्दिँन भनेर फोन राखेँ ।

दुई मिनेटको बिहे

म बिग्रिएँ भनेर घरमा पनि मेरो बिहे गरिदिने कुरा चलिरहेको थियो । बुवाले दाङकी एउटी केटी नै ठीक पारिसक्नुभएको खबर पनि सुनेको थिएँ । त्यसैले मलाई सरितासँग विहे गर्न हतार भयो । हामीले कतै हल्लाखल्ला नगरी सुटुक्क बिहे गर्ने निर्णय र्गयौं । यो ०५४ सालको कुरा हो, जतिबेला म २२ वर्षको मात्र थिएँ । बिहेको दिन म सर्ट पाइन्ट लगाएर कोठाबाट एक्लै निस्केँ । बाटोमा पाँच रुपैयाँको सिन्दुर किनेँ । हिँड्डै(हिँड्दै गुहेश्वरी मन्दिरमा पुगेँ । सरिता आइसकेकी रहिछन् । उनले कुर्ता सुरुवाल लगाएकी थिइन् ।

हामी केही नबोली मन्दिरको गेटमा पुगेर उभियौं । दुबैजना गम्भीर थियौं । मैले गोजीबाट सिन्दुर झिकेँ । उनले शीर झुकाइन् । मैले उनको सिउँदोमा सिन्दुर हालिदिएँ । फोटो खिचिदिने पनि कोही भएनन् । ‘ल अब मेरो खुट्टामा ढोग’ मैले उनलाई अह्राएँ । उनले ढोगिन् । मन्दिरभित्र पनि नपसिकन हामीले बाहिरै बिहे सक्यौं । न पुजारी, न मन्त्र । फर्किँदा मैले उनको हात समातेँ ।

सुहागरातमा एक्लै

बिहे गरेर फर्केपछि उनी फुपूकहाँ गइन् । कोठामा म एक्लै सुतेँ । त्यसपछिका केही रात हामी बेग्लै बस्यौं । त्यसपछि हामीले सल्लाह र्गयौं, अब सँगै बस्नुपर्छ । मेरो एउटा कोठा थियो । बेडरुम पनि त्यही, किचेन पनि त्यही । सरिता त्यही एउटा कोठामा दाम्पत्य जीवन सुरु गर्न तयार थिइन् । त्यसपछि उनले आफ्नो परिवारमा भनिन् । उनकोे परिवार मप्रति सकारात्मक थिए । बिहे नै गरिसकेको भनेपछि सँगै बस्नलाई उनीहरुले आपत्ति जनाएनन् । अनि, हामी सँगै बुढाबुढीका रुपमा बस्न थाल्यौं । मैले आफ्नो परिवारमा खबर गरेको थिइनँ । ६ महिनापछि कता(कताबाट थाहा भएछ । जेठो दाजु दौडादौड गरेर आउनुभो । सुरुमा गाली गर्नुभो । त्यसपछि हातमा पैसा दिएर भन्नुभो, ‘यसको गरगहना र लुगाफाटा किन्नु ।’ तर, त्यो पैसा हामीले कोठाभाडा तिर्न र अन्य घरायशी काममा खर्च गर्यौँ ।

त्यसपछि केही दिनमा बुवाले बोलाउनुभो । बुहारी घर भित्र्याउने भनेपछि म सरितालाई लिएर नेपालगञ्ज गएँ । बुवाले भन्नुभयो, ‘तिमीहरुले कसरी बिहे र्गयौ, मलाई थाहा छैन, यहाँ हाम्रो रीतिरिवाज अनुसार गर्नुपर्छ ।’ त्यसपछि उहाँले हामीलाई बागेश्वरी मन्दिरमा लैजानुभयो । कान्छो भाइ पनि सँगै गयो । पुरेत ठीक पारिसक्नुभएको रहेछ । त्यहाँ फेरि हाम्रो बिहे भयो । मैले उनलाई फेरि सिन्दुर हालेँ । पोते लगाइदिएँ । जग्गेका कामहरु पनि भए । करिब २ ३ घन्टाको प्रक्रिया सकेर हामी रिक्सामा घर फर्कियौं ।

बिहे गरेको दिन घरमा मासुभात खान पाइएला भन्ने सोचेका थियौं । तर, ब्राम्हण परिवार भएकाले घरभित्र त्यस्तो भएन । दाल र घिरौंलाको तरकारी रहेछ । हाम्रो आफ्नै कुखुरा फार्म थियो । कम्तिमा कुखरा काटेको भए पनि त हुन्थ्यो । हामी घरमा १९ दिन बस्यौं । यति दिन बस्दा परिवारका सदस्यले सरितााको आनिबानी र चालचलन राम्ररी देख्नुभयो । उनी धार्मिक प्रवृत्तिकी थिइन् र छिन् । बिहानै उठेर भगवानको पुजा गर्ने र सासू(ससुरालाई ढोग गर्ने गर्थिन् । खाना पकाउने, भाँडा माझ्ने, लुगा धुनेलगायत यावत घरेलु कामकाजमा निपूर्ण थिइन् । ‘काठमाडौंमा कुन जातकी, कस्तो व्यहोराकी केटी भगायो होला भन्ने डर लागेको थियो, बुहारी त हामीले खोजेजस्तै रहिछन्,’ बुवाआमाले भन्न थाल्नुभयो । मेरो दिल खुश भयो ।

मैले कलाकारितामा धकेलेँ

म सरितालाई पनि कलाकारितामा लगाउन चाहन्थें । बाहिर मान्छेहरुले यस क्षेत्रलाई जेजस्तो भने पनि मेरो दृष्टिमा कलाकारिता पवित्र काम हो । त्यसैले आफ्नी पत्नीलाई यो पवित्र काममा लागेको हेर्न चाहन्थेँ । तर, उनी त्यति सकारात्मक थिइनन् । कलाकारितामा लाग्दा मेरो परिवारले नरुचाउने चिन्ता थियो उनलाई । तुलसी घिमिरे दाइले मुक्ति भन्ने सिरियलका लागि प्रमुख महिला पात्र खोजिरहनुभएको थियो । पाँच जना चल्तीका हिरोइनलाई अफर राख्दा उनीहरुले ‘सिरियलमा पनि के खेल्नु’ भनेर अस्वीकार गरेको सुनेको थिएँ । एकदिन म सरितालाई लिएर तुलसी दाइकहाँ पुगेँ । मेरो उद्देश्य तुलसी दाइको आँखामा सरिता परुन् भन्ने थियो । सरिताचाहिँ आफ्नो प्रिय निर्देशक भएकाले उहाँलाई भेट्न उत्सुक थिइन् ।

मैले तुलसी दाइ र भारती भाउजूसँग सरिताको परिचय गराएँ । ‘सरिता’ भन्नासाथ उहाँहरु मुसुमुसु हाँस्न थाल्नुभयो । उहाँहरुले लेखको मुक्तिको कथामा प्रमुख पात्रको नाम सरिता नै रहेछ । त्यसपछि तुलसी दाइले मुख खोल्नुभयो । ‘तिमीलाई त मुक्तिमा अभिनय गर्न भगवानले नै पठाइदिनुभएको हो कि क्या हो ?’ उहाँले भन्नुभयो । ‘अभिनय गर्न त मलाई आउँदैन । म खाली हजुरसँग भेट्न आएकी हुँ ‘ सरिताले जवाफ दिइन् ।

त्यसपछि मैले भनें, ‘सरिताले मुक्तिमा अभिनय गर्छिन् ।’ त्यतिबेला सरिता एउटा जर्मन प्रोजेक्टमा काम गर्दै थिइन् । मैले जागिर छाडेर मुक्तिमा अभिनय गर्न उनलाई बल्लतल्ल सहमत गराएँ । अभिनयको विषयमा प्रारम्भिक ज्ञान पनि घरमै दिएँ । मुक्ति ‘अनएयर’ भएपछि उनी एकाएक प्रख्यात बनिन् । त्यसपछि उनले महसुस गरिन् कि के हो कलाकारिता १ मेरो दृष्टिमा मुक्तिमा उनले राम्रो अभिनय गरेकी होइनन् । तर, कथामा उनको भूमिका यति सशक्त थियो कि अभिनयमा भएको कमजोरी गौण बन्यो । यसै पनि निर्देशक तुलसी घिमिरे ढुंगाले पनि अभिनय गरेको भान पार्न सफल निर्देशक हुनुहुन्छ ।

१८ वटा फिल्म अस्वीकार

म कलाकारितामा लागेकोमा असन्तुष्ट मेरो परिवारलाई बुहारी पनि यही फिल्डमा लागेपछि असैह्य भयो । बुवाले व्यंग्य गरेर भन्नुहुन्थ्यो, ‘अब श्रीमानले मादल बजाउनु अनि श्रीमती छमछमी नाच्नु ।’ दाइ(भाउजूहरुले पनि गाली गर्नुभयो । मलाई यी कुराहरुले असर गर्दैनथे, तर सरितालाई असर गर्थे । उनी परिवारको चित्त दुखाएर केही काम गर्न चाहन्नथिइन् । मुक्ति सुपरहिट भएपछि सरितालाई ठूलो पर्दाको फिल्ममा अफरको ओइरो लाग्यो । उनले लगातार १८ वटा फिल्ममा हिरोइनको अफर अस्वीकार गरिन् । म सम्झाउथेँ, तर उनको जवाफ यही हुन्थ्यो, ‘परिवार बिगारेर म फिल्ममा काम गर्दिनँ ।’ यो विषयले हाम्रो कतिपटक त झगडा नै र्पयो ।

मैले जति जोडबल गर्दा पनि २ ३ वर्ष उनले कुनै फिल्ममा काम गरिनन् । बरु थुप्रै विज्ञापनहरुमा अभिनय गरिन् । च्यानल नेपालमा मनोरञ्जन सम्वन्धी कार्यक्रम चलाइन् । एकपटक सिनामंगलमा किशोर राना दाइ भेट हुनुभयो । उहाँले नयाँ फिल्म सन्तानको माया निर्देशन गर्दै हुनुहुन्थ्यो । उहाँले मलाई भन्नुभो, ‘मेरो प्रोड्यूसरले मुक्तिको केटीलाई खेलाउनुपर्छ भनेर जोड गरिरहेका छन्, सरितालाई मनाउनुर्पयो ।’ सरिताको जवाफ नपर्खिकन मैले नै भनिदिएँ, ‘हुन्छ दाइ, सरिता खेल्छिन् ।’ किशोर रानाजस्तो निर्देशकको फिल्म मिस गर्नु ठूलो गल्ती हुन्छ भन्ने मलाई थाहा थियो । उहाँले स्क्रिप्ट दिएर भन्नुभयो, ‘यसमा जुन क्यारेक्टर राम्रो लाग्छ, त्यही उनलाई दिन्छु ।’

म स्क्रिप्ट बोकेर गएँ । सरितालाई फकाएँ । उनले स्क्रिप्ट पढिन् र विधवाको रोल छानिन् । त्यसपछि सरिताले श्रीमान श्रीमतीमा अभिनय गरिन् । त्यो फिल्म बनाउँदा निर्माता मुनाल घिमिरेले ‘सरिता भाउजूले नखेल्ने भए यो फिल्म नै बनाउदिन’ भनेका थिए । यसबीचमा उनले परिचय लगायतका केही सिरियलबाट पनि थप नाम कमाइन् । मुक्ति प्रशारण भइसकेपछि पनि मेरो परिवारको नाम सरितासँग जोडियो । मेरा बुवालाई सरिताका ससुरा र दाजु(भाउजूलाई सरिताका जेठाजु, जेठानी भनेर मानिसहरुले सम्मान दिन थाले । सबैले उनको प्रशंसा गरेको मात्रै उहाँहरुले सुन्नभयो । यसबाट मेरो परिवार विस्तारै पग्लिन थाल्यो ।

अरु कलाकारका मिडियामा नानाथरि समाचार आउँथे । अनेक विवाद सुनिन्थे । तर, सरिता विवादरहित रहिन् । उनका कुनै पनि नकारात्मक चर्चा मिडियामा आएनन् । यसबाट पनि परिवारमा सकारात्मक छाप र्पयो । राम्रा मान्छेहरु पनि यहाँ अटाउँदा रहेछन् भन्ने उहाँहरुले महसुस गर्नुभयो । अचेल मेरो परिवार सरिताप्रति नतमस्तक छ । उनीमाथि सबैजनाले गर्व गर्छन् । कलाकारितामा लागेर पनि उनले आफ्नो सरलता र शालीनता गुमाएकी छैनन् । बुवाआमा भन्नुहुन्छ, ‘साइँली बुहारी हाम्रो इज्जत हो, प्रतिष्ठा हो ।’ हामीसँग पहिलेदेखि नै घरेलु काममा सघाउने एक बहिनी छिन् । उनी नभएका बेला सरिताले सबैथोक गर्छिन् । मलाई घरको काम केही पनि गर्न आउँदैन । पकाउन, लुगा धन, बढार्न केही पनि आउँदैन । मलाई आउँछ, भाँडा माझ्न । म २०(३० जनाले खाएको पनि हाँसी(हाँसी माझ्न सक्छु ।

काम गर्ने बहिनी नभएका बेलामा सरिताले पकाउँछिन्, र म भाँडा माझ्छु । उनले खाएको ठाउँबाट आफैं भाँडा उठाउँछु । काम गर्ने बहिनी बिरामी छिन् भने उनले खाएको पनि माझ्छु । कलाकारिताले मलाई सबैथोक दिएको छ । पहिले एउटा कोठामा बस्थेँ । अहिले साढे दुई तल्लाको घर र गाडी छ । त्यो भन्दा ठूलो कुरा मानसम्मान छ । म पर्दापछाडि बसेर काम गर्ने निर्देशक हुँ । सरितालाई जतिले चिन्छन्, मलाई चिन्दैनन् । तर, सरिता आफूभन्दा प्रख्यात भएको पाउँदा मलाई हीनतावोध हुँदैन । बरु गर्वले छाती फुल्छ । किनकि उनी मेरै जीवनको एक अंग हुन् । सरिताले मलाई धेरै कुरा दिएकी छिन् । रक्सीको आदतले बर्बाद हुन लागेको मलाई उनले विवाहपछि सुधारिन् । एउटी फूलजस्ती छोरी दिइन्, समृद्धि । समृद्धिको आगमनले हाम्रो जीवन थप हराभरा बनेको छ ।

अहिले पनि म कहिलेकाहीँ रक्सी पिउँछु । पहिले रक्सी पिउँदा सरितासँग मात्रै डर मान्नुपथ्र्याे, अहिले छोरी थपिएकी छिन्, रक्सी पिएर आउँदा मलाई कान समातेर उठबस गराउँछिन् । छोरीबाट यस्तो सजायँ पाउँदा गजबको अनुभूति हुन्छ । सानी छँदा उनी लक्सी भन्थिन्, अहिले रक्सी भन्न जानेकी छिन् । छोरीको आगमनपछि वर्णनै गर्न नसक्ने सुन्दर लागेको छ संसार । प्रेम र विवाह माथिबाटै तय भएको हुन्छ भन्ने म विश्वास गर्छु । सरिता र मेरो सम्वन्ध पनि सायद तय थियो । हाम्रो दाम्पत्य जीवनमा विभिन्न उतार चढाव आए होलान् । तर, एक अर्काप्रतिको समझदारी कहिल्यै टुटेको छैन । हिजो मात्रै हामीले विवाहको वाषिर्कोत्सव मनायौं । उनलाई हात समातेर गुहेश्वरीबाट ल्याएको १९ वर्ष बितिसकेछ ।

Related Articles

Back to top button