रोचक

उडी रहेको बेला २४१ जना बोकेको अमेरिकी विमानमा आगो लाग्यो, मानव बस्तीमा खसे विमानका टुक्रा!!

अमेरिकाको युनाइटेड एयरलाइन्सको विमान युए ३२८ को इन्जिनमा विमान उडिरहेको समयमा आगो लागेको छ । आगो लाग्दा विमान १५ हजार फिटको उचाइमा उडिरहेको थियो । दुर्घटनापछि बोइङ ७७ विमानका ठूला–ठूला टुक्रा मानव बस्ती भएको क्षेत्रमा खस्न थाले । यद्यपि विमानको आकस्मिक अवतरण गरिएको छ र मानवीय क्षति हुन पाएको छैन ।

सीएनएनको रिपोर्टअनुसार दुर्घटनामा विमानमा भएका कुनै पनि यात्रुलाई केही भएको छैन । विमानका टुक्रा जमिनमा खस्दा त्यसले लागेर पनि कसैलाई केही भएको छैन । इन्जिनमा तीब्र आगो लागेपछि यात्रीहरु भने आतंकित भएका थिए । विमानमा सवार यात्रुहरुका अनुसार इन्जिनमा आगो लागेपछि यात्रुहरुले विमानभित्र निकै गर्मी महसुस भएको बताएका छन् । यो विमान अमेरिकाको डेनभरबाट उडेर हवाइ जाँदै थियो ।

डेनभरबाट उडेको केही समयमै विमानको इन्जिनमा विष्फोट भएको थियो । तत्कालै विमानलाई फर्काएर डेनभरमै आकस्मिक अवतरण गराइएको थियो । अमेरिकाको कोलोराडोको बस्ती भएको क्षेत्रमा विमानका ठूला ठूला टुक्रा खसेका थिए । घटना स्थानीय समयअनुसार शनिबार दिउँसो भएको थियो । विमानमा २३१ यात्रु र १० क्रु सदस्य थिए । एयरलाइन्सका एक प्रवक्ताले वमान उडेको केही समयमै इन्जिन फेल भएको बताएका छन् ।

Related Articles

Back to top button