रोचक

पेट दु’खेर अस्पताल गएकी नाबालिका २२ हप्ताको ग’र्भवती

भारतको जोधपुर स्थित खंडाफलसा थाना क्षेत्र नजिकै बस्ने एक नाबालिका २२ हप्ताको ग’र्भ’ वती भएको कुरा बाहीरिएको छ । उनको पे’ ट दु’ख्न थालेपछि उपचारकोलागी उनलाई नजिकैको अस्पतालमा लगेपछि उनी ग’र्भव’ ती भएको कुरा बाहीरिएको हो । उनको पेटमा बच्चा भएको कुरा उम्मेद अस्पतालका डक्टरले बताएका हुन् ।

डक्टरले ती नाबालिका २२ हप्ताको ग’र्भ वती भएको कुरा उनका परिवारलाई बताएका थिए । डाक्टरको कुरा सुनेर परिवारका मान्छेहरुको हो’स उ’डे’को थियो । जब नाबालिका बच्चा २२ हप्ताको गर्भवती भएको कुरा थाहा भयो त्यसपछि बालिकाको मा’नसि’क अ’वस्थालाई मध्यनजर गर्दै बाल कल्याण समितिका अध्यक्ष डक्टर धनपत गुर्जरले आफ्नो पुरै टिमको साथमा ती बालिकालाई राम्रो काउन्सिलिंग गरेका थिए । डक्टरले जब नाबालिका बच्चीलाई सोधपुछ गरे तब घटनाको वास्तविकता बाहिरीएको थियो । नाबालिका बच्चीलाई २२ हप्ताको ग’र्भ’वती बनाउने अरु कोही नभई उनैको छिमेकी रहेको कुरा पत्ता लाग्यो । यो कुरा पत्ता लागेपछि त्यो व्यक्तिको गिरफ्तारीको मा’ग गरिएको छ ।

यो पनि : लोप हुँदै फापर, जुनेलो

परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् ।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जुनेलोलाई मुरली मकैजस्तै अन्न मानिन्छ । त्यस्तै तीन कुने वा तीन धारे परेको, कालो बोक्रा र सेतो गुदी हुने गेँडा हुने अन्नलाई फापर भनिन्छ । फापर रोटी वा खाद्यान्नमा प्रयोग गरिन्छ । खासगरी मधुमेह रोगी र वर्त लिएको मानिसले शुद्ध खानाको रुपमा प्रयोग गरिने फापर लोप हुँदै गएको छ । जुनेलो र फापर लोप हुनुका कारण पत्तालगाई कृषकलाई उत्साहित बनाउनुपर्ने आवश्यकता देखिएको छ । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार, रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा ब्यापक रुपमा उत्पादन हुने गरेको फापर, जुनेलो हिजोआज खेती नै हुन छाडेपछि लोप हुँदै जान थालेका यस क्षेत्रका स्थानीय कृषक बताउँछन् ।

सात वर्षअघिसम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको रौता पाँबुका कृषक कृष्णबहादुर मगर स्मरण गर्नुभयो । उहाँ भन्नुहुन्छ, “केही वर्ष अघिसम्म आफूले पाँबुमा सबैभन्दा धेरै जुनेलो उत्पादन गर्ने कृषकको रुपमा परिचित थिएँ, तर गाउँमा अरुले पनि विस्तारै यो खेती छाड्दै लगे, दुई वर्षयता आएर म पनि यो खेती अहिले पूर्णरुपमा छाडी दिएको छु ।” मगरका अनुसार जुनेलो र फापर लोप हुनुमा गाउँमा युवा पुस्ता नहुनु तथा पलायन भएर अन्यत्र जानु र कतिपय कृषकले परम्परागत खेती छाड्दै जानु हो ।

रौता रामेटारमा विगत वर्षहरूमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन हुन्थ्यो । अहिले जुनेलो खेती कृषकले गर्न छाडेको रामेटारका ६७ वर्षीय हर्कबहादुर कार्कीे बताउनुहुन्छ । विगतमा गाउँका एक कृषकले पाँच, सातमुरीसम्म जुनेलो उत्पादन र दुईचार मुरी फापर उत्पादन गरेर वार्षिक रु २० हजारभन्दा बढीको जुनेलो बिक्री गरेको कार्की बताउनुहुन्छ ।

घरपरिवारमा बिहान बेलुकी खाजाको रुपमा प्रयोग हुने र राई मगर, बसोबास गर्ने गाउँघरमा खाजा र जाँडसमेत बनाएर खाने तथा प्रयोग गर्ने गरेको जुनेलोको हिजोआज खेती नै हुन छाडेपछि अहिले खाजा खान जुनेलो पाउनसमेत हम्मे पर्न थालेको रौता मलबाँसेका स्थानीयवासी टङ्ग मगर बताउनुहुन्छ । यता जिल्लाको पश्चिमी पहाडी क्षेत्रको भलायाडाँडा, तावाश्री, बाँहुनीटार, इनामे क्षेत्रमा विगतका वर्षहरूमा व्यापकरूपमा उत्पादन हुँदै आएको फापर हिजोआज खेती हुन छाडेपछि यसको उत्पादन पनि झण्डै शून्य अवस्थामा पुगेको भलायाडाँडाका स्थानीय कृषक कर्णबहादुर अधिकारी बताउनुहुन्छ ।

अधिकारी भन्नुहुन्छ, “विगतमा पम्परागत खेतीको प्रचलन थियो, काम गर्ने मजदूर प्रशस्त हुन्थे, त्यस कारण गाउँघरका पाखाबारीमा फापर उत्पादन हुने गरेको थियो, तर अहिले परम्परागत खेती हराउन थाल्यो, गाउँमा काम गर्ने मान्छे पनि पाउन छाडियो, फापर खेती सबैले छाड्दै लगे ।” गाउँघरमा सडक आएपछि तराईमा उत्पादन भएको चामल गाउँमा आइपुग्न थालेको र गाउँको खेतमा पनि धान मकैमात्र खेती हुने गरेको कारण अहिले फापर खेती लोप हुँदै गएको भलायाडाँडाकै अर्का स्थानीय विष्णु भुजेल बताउनुहुन्छ ।

विगतमा यसक्षेत्रमा जिल्लाकै सबैभन्दा बढी फापर खेती उत्पादन हुने गरेको र बढी फापर उत्पादन हुने क्षेत्रको रुपमा परिचत रहेको भुजेल बताउनुहुन्छ तर अहिले गाउँमा एकपाथी फापर पाउन पनि खोजेर पाउन तथा किन्न मुस्किल हुने गरेको भुजेल बताउनुहुन्छ । फापर र जुनेलो खेती गाउँघरबाट लोप हुँदै जानुको कारणबारे उदयपुर गढी भलायाँडाडाका ७० वर्षीय यमबहादुर बस्नेत भन्नुहुन्छ, “बूढापाका बूढा हुँदै गए, हिजोआजका युवाहरूले यो झन्झटिलो खेती गर्नै चाहँदैनन्, गाउँघरबाट परम्परागत खेती हराउँदै गएको कारण पनि अहिले जुनेलो तथा फापरजस्ता अन्नबाली लोप हुन थालेको हो ।”

विगतका समयमा गाउँघरमा फापरको रोटी र ढिडो तथा जुनेलोको खाजा ज्यादै लोकप्रिय रहेको भए पनि हिजोआज यो खेती हुनै छाडेपछि उदपुरको पहाडी क्षेत्रमा फापर जुनेलो उत्पादन कार्य नै लोप हुन थालेको यसक्षेत्रका बूढापाका बताउँछन् । जुनसुकै समुदायको लागि पनि खाजा खानको लोकप्रिय अन्नको रुपमा रहेको फापर र जुनेलो हिजोआज जिल्लाका पहाडी क्षेत्रमा खेती नै हुन छाडेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका कृषक बताउँछन् ।

जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने राई तथा मगर समुदायले अनिवार्य जुनेलो खेती गर्ने र जुनेलोको जाँडसमेत बनाएर खाने प्रचलन रहेको भए पनि अहिले जुनेलो खेती हराउँदै गएपछि जुनेलाको जाँड खाने प्रचलनसमेत हट्दै गएको लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका पूर्णसेर राई बताउनुहुन्छ । केही समययता आएर गाउँगाउँमा सडक पुग्नु, गाउँका अधिकांश युवापुस्ता शहर तथा विदेश पलायन हुनु र गाउँघरमा बूढापाका मात्र बस्नपर्ने बाध्यता आएको कारण जुनेला तथा फापर खेती लोप हुँदै गएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काको धारणा छ । उहाँले ‘कुनै बेला यस जिल्लामा २२ बिघा जग्गामा फापर र जुनेलोको खेती हुन्थ्यो तर अहिले यो अवस्था रहेन’ भन्नुभयो ।

पहाडी क्षेत्रको गाउँघरमा जुनेलो र फापरजस्ता अन्नको खेती नै हुन छाडेपछि अहिले यस्ता अन्न गाउँमा पाउन छाडिएको र कतै प्रयोग गर्न परे पनि अन्यत्रबाट किनेर ल्याउन पर्ने अवस्था आएको स्वयं पहाडी क्षेत्रका कृषक बताउँछन् । कुनै बेला हाराभरा देखिने पहाडमा यो बाली नलगाउँदा उजाडजस्तो देखिने यो क्षेत्रलाई उपयोग एवं उपभोग गर्न कृषि ज्ञान केन्द्रले ठोस योजना ल्याउनुपर्ने आवश्यकता देखिएको छ । मध्य पहाडी जिल्ला उदयपुरमा १३ हजार ३८० हेक्टर जग्गा कृषियोग्य क्षेत्र भए पनि सात हजार ३५९ हेक्टर जग्गामा मात्र धानबाली हुने गरेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मीले जानकारी दिनुभयो । उहाँले कुनै बेलामा फापर प्रतिकेजी रु ३०० र एक पाथी जुनेलो रु १५० देखि २०० सम्ममा बिक्री हुने यो बाली लोप हुनुमा कृषककै जाँगर र रुचि घटेको अनुमान लगाउनुभयो ।

Related Articles

Back to top button