हलिवूड/बलिवूड

परमवीरलाई धेरै मन पराउछन् सलमान, एक करोड तिरेर किन्न खोजे, तर

बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । सन् १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका सलमानले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन् ।

एक पछी अर्को फिल्ममा ब्यस्त भइरहने सलमान धेरैका फ्यान बनिसकेका छन् । तर सलमान भने एक घोडाका फ्यान हुन् ।

जसलाई उनले धेरै मनपराउछन् । ‘परमवीर’ नामको घोडा उनलाई धेरै नै मनपर्छ । उनले यस घोडालाई जसरी हुन्छ आफ्नो बनाउन खोजेका छन् ।

भारतको पञ्जाबस्थित फरीदकोट जिल्लामा सञ्चालन भइरहेको ‘हर्स ब्रीडर्स प्रतियोगितामा गुजरातका रञ्जीत सिंह राठौरले उक्त घोडा लिएका आएका छन् ।

उनले ल्याएका दुई घोडामा सलमानलाई परमवीर मनपरेको हो । उक्त घोडालाई सलमानले एक करोड हाल्न तयार छन् । तर रञ्जीतले बेच्न मन गरेका छैनन् । ६५ इञ्च भन्दा बढी उचाई रहेको त्यो घोडा कालो रंगको छ ।

Related Articles

Back to top button