समाचार

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । शनिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ९१ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ३ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ११ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५३ पैसा तोकिएको छ ।

Related Articles

Back to top button