रोचक

जब एक पुरुषले ६ जना युवतीलाई एकसाथ गर्भवती बनाएको खुलासा भयो

काठमाडौं । विश्वमा अनेक प्रकारका मानिसहरु रहेका छन् । यस्तै, नाइजेरियाली एक खेलाडी केटाले एक जना सेलिब्रिटीको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरुलाई सँगै उपस्थित गराउँदै उनीहरु सबैको पेटमा आफ्नो बच्चा रहेको दावी गरेपछि विश्वभर हंगामा सुरु भएको छ ।

माइक एजे न्वाली न्वोगु नाम गरेका ती पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना महिलाहरुसँग सामूहिक तस्बिर समेत खिचाएका छन् । उनले उक्त तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अभिनेता विलियम्स उचेम्बाको विवाह समारोहमा शनिबार यस्तो खुलासा गरेको समाचार विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा खबरहरु आइरहेका छन् ।

समाचार अनुसार नाइटक्लबका मालिक समेत रहेका ती पुरुषले आफ्नो नामको अगाडि आफैँ ‘सुन्दर’ उपनाम दिने गरेका छन् । अर्थात उनी आफूलाई ‘प्रिटी माइक’ भनेर चिनाउँछन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

उनले ती ६ महिलाको गर्भ आफ्नै कारण भएको र उनीहरुले जन्माउँदै गरेका सन्तान आफ्नै भएको दावी गरिरहँदा विवाह समारोहका अतिथिहरु हैरान भएका थिए । ती सबै ६ जना महिलाहरुलाई आमा बन्न लागेकोमा मुस्कुराउँदै बधाइ तथा शुभकामना दिँदै गरेको अवस्थामा देखिएको छ । साथै उनीहरुको पेटमा म्वाई समेत उनले दिएका छन् ।

Related Articles

Back to top button