समाचार

विद्यार्थी बोकेको बस रामेछापको मन्थलीस्थित मच्छेडाँडीमा दुर्घटना ग्रस्त हुदा १७ जना घाइते

रामेछापको मन्थली नगरपालिका-१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

मन्थली नगरपालिका-४ सालुबाट सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थी बोकेर मन्थलीका लागि छुटेको बा ५ ख २८५७ नम्बरको बस मच्छेडाँडीमा दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारका लागि मन्थलीस्थित तामाकोशी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको बस ट्र्याक्टरलाई साइड दिने क्रममा सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ५५ जना विद्यार्थी रहेका श्रेष्ठले बताउनु भएको छ ।

Related Articles

Back to top button