मनोरंजन

‘फुलबुट्टे सारी’बाट हिट बनेकी मलिकाको सुन्दरता (फोटो फिचर)

नायिका मलिका महतले ‘यात्रा’ चलचित्रमा काम गरिन् । डेब्यू चलचित्र औषत चल्दा मलिकाको चर्चा खासै भएन । तर, लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा चुलिएको छ ।यो गीतले ३ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा पनि बढेको छ । मलिका आफूले गीत हेरेर काम गरिरहेको बताउँछिन् ।

मलिकालाई रुचाउने दर्शकको संख्या पनि बढेको छ । यसैविच, उनी र नायक पल शाहले अभिनय गरेको ‘टाढा भएपनि’ बोलको फिमेल भर्सन सार्वजनिक भएको छ । यो गीत सार्वजनिक भएको दिनमै ४१ लाख भन्दा बढि भ्यूज पाएको छ । सार्वजनिक भएको २४ घन्टामै सर्वाधिक भ्यूज पाएर नयाँ रेकर्डपनि राखेको छ ।

एकपछि अर्को गीतले दर्शकको मन जितिरहँदा मलिका र पलको जोडीलाई पनि दर्शकले निकै रुचाएका छन् । उनै, मलिका ‘दशौं नेफ्टा फिल्म अवार्ड’को ‘उत्कृष्ट नव–नायिका’ विधाको मनोनयनमा पनि परेकी छिन् ।मलिका मनोनयनमा परेपछि अवार्ड नपाउँदा मन दुख्ने पनि बताउँछिन् । दर्शकले दिएको मायाले आफूलाई काम गर्न अझै हौसला मिलिरहेको उनले सुनाइन् ।उनको सामाजिक संजालबाट लिइएका केहि तस्बिरहरु :

Related Articles

Back to top button