भिडियो

माइतीसंग ऋण मागेर दुवई पठाएको श्रीमानले ‘म नेपालमै छु केटीले मलाई राख्यो ६ हजार पठाउ’ भनेर अचानक फोन गरे, प्रहरीलाई ‘श्रीमान खोज्दिनु’ भनेर जाँदा मिडियामा जानु भनेर पठाए (भिडियो हेर्नुस्)

काठमाडौ । मोरगंकी सपना अहिले २८ वर्षकी भइन् । पारिवारिक आर्थिक अवस्थाका कारण उनले पढ्न सकिनन् । त्यसैले उनी त्यहाँकै एक धागो उद्योगमा काम गर्न थालिन् । दुई चार पैसा भएपनि परिवारलाई सहयोग होला भनेर उनले काम थालेकी थिइन् ।

त्यही कामको शिलसिलामा उनको भेट हरि शंकर कर्माचार्यसंग भयो । उनीहरु दुवै जनाले एक अर्कालाई मन पराए । विवाह पनि भयो । विवाह भएको केही समय सम्म उनीहरुको सम्बन्ध राम्रै भयो । उनीहरुको छोरी जन्मियो ।

छोरी जन्मिएपछि अब ब्यवहार यत्तिकै चल्दैन पैसा कमाउनु पर्छ भनेर उनले श्रीमान हरिलाई विदेश पठाउने निर्णय गरिन् । उनले माइतीसंग हार गुहार गरेर पैसा मागिन् । श्रीमानलाई विदेश पठाइन् । उनीहरु केही समय निकै रमाए । श्रीमानले पैसा पनि पठाउन थाले ।

जिवन अब सहज हुन्छ भन्ने सोच्दै थिइन् तर उनको जिवनमा नसोचेको घटना भयो । अहिले श्रीमान नेपाल आएको उनले थाहा पाएकी छन् । तर घरमा भने आएका छैनन् ।

सपना कार्की हुन् । क्षेत्री र हरि नेवार भएका कारण परिवारले स्वीकार गर्दैनकी भन्ने लागेको थियो । तर परिवारले उनीहरुलाई स्वीकार गरे अनि विवाह सम्भव भयो । त्यसरी विवाह गरेको श्रीमान अहिले सम्पर्क विहिन छन् । उनी आफ्नो जिवन विग्रिए पनि अब छोरीको भविष्य नविग्रियोस् भन्ने उनलाई लाग्छ । त्यसैले उनी छोरीको लागि बाबुको खोजीमा छन् ।

मलाई त उहाँको केही आश छैन तर छोरीको अधिकारका लागि म ल ड् न चाहन्छु । माइतीले घर जग्गा धितो राखेर श्रीमानलाई दुवई पठाएकी थिइन् । माइतीको ऋण पनि उनले तिरिदिएका छैनन् ।

अहिले उनी सम्पर्कमा छैनन् । लकडाउनको बेलामा माइतीले सहयोग नगरेको भए खान समेत नपाउने उनको भनाई छ । चार साता अघि अकस्मात एक पटक श्रीमानको फोन आएको थियो । त्यती बेला उनले आफुलाई कुनै युवतीले राखेको र ६ हजार रुपैया पठाउन अनुरोध गरेका थिए । तर उनले पछि फेरी त्यही मोवाइलमा फोन गर्दा युवतीले फोन उठाएर को हरि हो म चिन्दिन भनेर आफुलाई भनेको सपनाको भनाई छ ।

युवतीसंग कुरा भएपछि सपनालाई फेरी श्रीमानले फोन गरेर तैंले किन फोन गरेर गा ली गरिस् ? अब म कहिल्यै घर फर्किएर आउन्न भनेर ध म्की दिएको र त्यसपछि सम्पर्क विहिन भएको उनको भनाइ छ ।

Related Articles

Back to top button