बिस्व समाचार

२० सेकेण्डमा ध्वस्त पारियो डोनाल्ड ट्रम्पले बनाएको आलिशान क्यासिनो

७ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्पको भव्य क्यासिनो भत्काइएको छ । नियमित रूपमा मर्मतसम्भार नभएको र जीर्ण हुँदै गएपछि ३२ तलाको विशाल भवन बम प्रयोग गरेर ध्वस्त पारिएको हो ।

३२ तलाको यो भवन ध्वस्त हुन जम्मा २० सेकेन्ड लागेको बताइएको छ ।

ट्रम्पले बनाएको भएता पनि अहिले यसका मालिक अरू नै थिए । ट्रम्पले यो क्यासिनो कार्ल इक्हानलाई बेचेका थिए । २०१६ इक्हानले ट्रम्पको यो सहित अन्य २ क्यासिनोहरू किनेका थिए ।

२०१६ मा ट्रम्पले तीन क्यासिनो टाट पल्टिएपछि इक्हानले तीनै क्यासिनोमा लगानी गरेका थिए ।

३२ तलाको भवन भत्किएर जम्मा ८ तला जति बाँकी रहेको छ । उक्त बाँकी भाग डोजरहरूको सहायतामा भत्काइने बताइएको छ ।

Related Articles

Back to top button