समाचार

डिस्कोबाट फर्किएका किशोरहरुले मोबाइल लुट्न ह’त्या गरेर फालेको खुलासा

काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार एउटा श’ व भेटियो । फागुन १ मा फेला परेको श’ व काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठको थियो । घरबाट गाडी सिक्न वाग्मती करिडोर पुगेका श्रेष्ठलाई ह’ त्या गरेर छाडेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । ह’ त्यामा संलग्न चारजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले बताए ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ,सन्तोष तामाङ,सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङ छन् । ह’ त्या आ रो पीह रु बौद्धस्थित नयाँ बस्तीमा डेरामा बस्थे । आरोपीहरुमध्ये ३ जनालाई नयाँ बसपार्क र विशाल तामाङलाई नयाँबस्तीबाट नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए ।

रजुनमान श्रेष्ठ हरेक विहान गाडी सिक्न गुहेश्वरी करिडोरमा जान्थे । हरेक दिन बिहान ३ देखि साढे ३ को बीचमा गाडी लिएर निस्कने उनी फागुन १ मा भने मध्यरात १२ बजेतिर नै मैजुबहालस्थित घरबाट गाडी लिएर निस्किए । गुहेश्वरी मन्दिरको पारिपट्टि पुगेपछि गाडी बिग्रियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनले मिस्त्रीलाई फोन गरेर एकछिन आएर गाडी जाँच गर्दिन आग्रह गरे । तर,मध्यरातमा मिस्त्रीले आउन नमानेपछि नारायणमार्गमा गाडी छाडेर उनी दिव्यश्वरी पार्टी प्यालेसतर्फ लागेका थिए ।

दिव्यश्वरि तर्फबाट फर्किँदा सो करिडोरमा करिब १२ बजेर ४० मिनेट चारजना किशोरसँग जम्काभेट हुन्छ । लाक्पा तामाङसहितका चारजना चावहिलको बेबिलोन डिस्कोबाट निस्केर पैदल हिँड्दै नयाँबस्तीस्थित डेरामा जाँदै थिए । चारजना मिलेर रजुनमानलाई आक्रमण गरे । पि टा इबाट ग म्भी र घा इ ते भएपछि रजुनमानलाई छाडेर उनीहरु भागे । रजुनमानको मोवाईल रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ्गले लिएर हिँडे ।

आ रो पी हरु चार जना नै लिखु तामाकोशी गाउँपालिका–३ का हुन् । ‘मोवाईल लु’ ट्ने’ नियतले उनीहरुले आक्रमण गरेको देखिन्छ’ एसएसपी अशोक सिंह भन्छन्–‘कु’ टा’ इ’को चो’ ट’ ले हिँड्न नसकेर वाग्मतीमा डुब्दा रजुनमानको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको छ ।’ अनुसन्धान गर्दै जाँदा प्रहरीले सबैभन्दा पहिल विशाललाई प’क्रियो । विशाल नयाँ बजारस्थित डेरामा भेटिए । विशालले बयान दिए–‘कु’ ट्ने अरु पनि छन् ।’ विशाल बाहेक अरु ३ जनालाई नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लुकेर बसेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । रातोपाटीबाट

Related Articles

Back to top button