हलिवूड/बलिवूड

सुपरहिट बलिउड फिल्म “कुछ कुछ होता है” कि अन्जली यस्ती भईन

सन् १९९८ को सुपरहिट बलिउड फिल्म “कुछ कुछ होता है” नहेर्ने सायद कमै होलान् । फिल्ममा शाहरुख खान, रानी मुर्खजी र काजोल मुख्य भूमिकामा छन् ।फिल्ममा शाहरुख र रानीको छोरीको भुमिकामा थिइन् बाल कलाकार अञ्जली । त्यति बेलाकी सानी अञ्जलीलाई अहिले जवानीले छापेको छ । उनी अध्ययनको क्रममा अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । उनको वास्तविक नाम साना सइद हो ।

यो पनि : अभिषेक बच्चनसँग लामो समयपछि बाहिर निस्किइन् ऐश्वर्या राय, छोरीका कारण पुनः भइन् ट्रोल

ऐश्वर्या राय आफ्नी छोरीप्रति निकै रक्षात्मक छिन् । यसका लागि उनलाई थुप्रै पटक ट्रोल पनि गरिएको छ । हालै उनी एयरपोर्टमा आफ्नी छोरी र अभिषेक बच्चनसँग देखिइन् । ऐश्वर्याले आराध्याको हात समातेकी थिइन् । उनको तस्बिर सोसल मिडियामा आए बित्तिकै उनलाई थुप्रै पटक ट्रोल गरिएको छ । यस्तै कतिले उनको तारिफ पनि गरेका छन् ऐश्वर्या राय, अभिषेक बच्चन छोरी आराध्यासँग मंगलबार एयरपोर्टमा देखिए । कोरोना कालमा लामो समयपछि तीनजनालाई सँगै दैखिएको हो । तीनैजनाले कोभिडको सुरक्षाका लागि मास्क लगाएका थिए ।

ऐश्वर्याले छोरीको हात समातिरहेको देखिएको थियो । अभिषेक उनीहरुका पछाडि हिँडिरहेका थिए । सोसल मिडियामा तस्बिर सार्वजनिक भएलगत्तै ऐश्वर्यालाई ट्रोल गरिएको छ । कतिले ऐश्वर्याको तारिफ पनि गरेका छन् ।यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘राम्रो हो नि आफैंले छोरीलाई हुर्काइरहेकी छिन्, कुनै न्यानीलाई जिम्मा त दिएकी छैनन् नि ।’ यस्तै, एक प्रयोगकर्ताको कमेन्ट छ, ‘ऐश्वर्याकी आमा त आजसम्म सार्वजनिक रुपमा उनको हात समात्छिन् ।’vऐश्वर्या र अभिषेक आराध्या कोरोनाद्वारा संक्रमित भइसकेका छन् । लामो समयपछि ऐश्वर्या र अभिषेकलाई सार्वजनिक स्थानमा देखेर प्रशंसक खुसी भएका छन् ।

हेर्नुहोस यी तस्वीरहरु

.

Related Articles

Back to top button