समाचार

भागीरथी लाई एकतर्फी रुपमा मन पराएका दिनेशले, तर कहिल्यै भन्न सकेनन् !

बैतडीकी किशोरी भागरथी भट्टको घटनामा संलग्न भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक युवा रहेको प्रहरीले जनाएको छ।

‘भागरथी घटनामा एक अभियुक्त पक्राउ परिसकेका छन्, ती अभियुक्त नै भागरथीकोघटनामा संलग्न छन्,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘हामी आज पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्दैछौं।’

एक सातालामो प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको ज्या’न लि’एको आ’रोपमा दिनेशलाई सार्वजनिक गर्न लागेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिएका हुन ।

सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १५ दिनअघि स्कुलबाट एक्लै फर्किएको यो घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरी स्रोतकाअनुसार उनले भागरथीको ‘ज्यान लि’ने एकल यो’जनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन्।

भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका किशोर उनको न्याय माग्दै हुने प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुने गरेको खुलेको छ। सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्रर्दशनमा उनी सहभागी हुने गरेको प्रहरीले बताएको छ।

बैतडी दोगडाकेदार गाउँपालिका—७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन्। उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन्।

त्यस दिन विद्यालयको पोसाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने। कपाल पनि लामो भएको छ का’टेर आउनू भने। ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिनेबित्तिकै विद्यालयबाट निस्के। भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन्। उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो।

भानदेव विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे। सैलुन विद्यालयबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ। उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे।

त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो। ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी। हामीले कपाल का’टेर आउँछौं भन्यौं। उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, भानदेवले स्मरण गरे।

भानदेवलाई त्यसै दिनको पछुतो छ। ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’, उनले भने। यी सबैको घर आउने बाटो भनेको भागरथीको घटना भएको स्थान लवलेक वन हो। लवलेक वन क्षेत्र सकिनेबित्तिकै फरकफरक गाउँ जाने बाटो आउँछन्। तर भानदेव भने भागरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो। भानदेवसहितका तीनै जनालाई भागरथीले चाउचाउ किनेको र भीरकट्याको डाँडोमा बसेर खाएको थाहा छैन। ‘हामी त, सैलुनमा छिरिहाल्यौं, त्यसपछि भागरथीका बारेमा केही थाहा भएन’, भानदेवले भने।

Related Articles

Back to top button