समाज

जो स’डकबाटै बनिन् विश्वकै प्रेरणादायी !

काठमाडौं : चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसके पछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।

आत्म विश्वासका साथ गलत सङ्गत र दुव्र्यसनीको दलदल बाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।

बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ लगायत १०० जनाको सूची मङ्गलबार सार्वजनिक गरेको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस्**

सपनाले काठमाडौँमा अलपत्र अवस्थामा भेटिएका बे’वारिसे श,वको दा’हसं स्कार गर्दै आएकी छिन् । बेवारिसे श,व अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आ’र्यघाटमा लगेर संस्कार अनुसार अ’न्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् । उनले हाल सम्म करिब ३०० बेवारिसे श,वको व्यवस्थापन गरिसकेकी छिन् । “विश्वमा थुप्रै मानिस घरबार विहीन छन् ।

सडकमै मृ,त्यु भएकाहरुको उचित अन्तिम सं’स्कार हुनु पर्छ”, सपनाले भनिन्, “मैले यो काम समाज सेवाका लागि होइन, आत्म शान्तिका लागि गर्दै आएकी हूँ ।” बिबीसीले प्रभावशाली महिलाको सूचीमा राखे पछि आभार प्रकट गर्दै रोकाले सामाजिक कार्यमा हौसला थपिएको प्रतिक्रिया दिइन् । सपनाले गाउँ र देशको नाम राखेको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको स्थानीय कलाधर कँडेलले बताउनुभयो ।

अठार वर्षीय रोकाको घर मङ्गला गाउँपालिका–४ बुकेनी हो । रोकाले विसं २०७३ मा बरङ्जाको महेन्द्ररत्न माविबाट एसइई उत्तीर्ण गरिन् । कक्षा ११ पढ्न बेनी झरेकी उनी भागी वि’वाह गरेर बुटवल पुगेकी थिइन। वैवाहिक जीवन असफल र परिवार बाट टाढिए पछि उनको मनमा आ’त्म ह,त्याको सोच पनि आउँथ्यो । जीवन अ’न्त्य नभएर स’ङ्घर्ष भन्ने धारणाले जीवनमा ‘युटर्न’ भएको रोका बताउँछिन् ।

भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् । पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवा तर्फ मोडियो । काठमाडौँमा बेवारिसे श,व व्यव स्थापन गर्दै आएको एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो । सलिनाकी बुवा विनयलाई सपनाले कर्मबुवा मान्छिन् ।

Related Articles

Back to top button