राशिफल

वि.सं.२०७७ साल फाल्गुन ०५ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १७ तारिख

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ । यात्रा पनि हुन सक्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनु होला । भौतिक साधनमा पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । मन लगाएर काम गर्नु होला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नु होला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्छन् । आम्दानीमा कमी हुने छैन । नसोचेको ठाँउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । धनको लाभ हुनेछ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसंग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन पनि हुन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
परिवारबाट टाढा बस्नुपर्ने छ । साथै, साहित्यिक कार्यमा मन जाने छ । टाढाको यात्राबाट धनको लाभ पनि होला । आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनु होला । सामान्य रुघाखोकीले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ । खानपिनमा एकदमै सावधान रहनु होला ।

Related Articles

Back to top button