हलिवूड/बलिवूड

बलिउडका नायिका करिश्मा र करिनाको बुवाआमाको यति नमिठो सम्बन्ध, छोरीहरुले धेरै सम्झाए तर कुरै सुनेनन्

एजेन्सी । पछिल्लो जमानाका दिग्गज कलाकारमध्ये एक रणधीर कपुर आज अर्थात् फेब्रुअरी १५ मा आफ्नो जन्मदिन मनाइरहेका छन् । एक समय आफ्नो फिल्मका कारण चर्चामा रहने रणधीर, श्रीमती तथा पूर्व नायिका बबिता कपूरसँगको आफ्नो सम्बन्धका कारण अत्यधिक चर्चामा आए । रणधीर र बबिताको लभ स्टोरी जति चर्चित छ, त्यति नै उनीहरुको मनमुटाव पनि । आज रणधीर कपुरको जन्मदिनमा उनीहरुको यो मनमुटावको कारण बारे जानकारी लिऔं ।

स्मरण रहोस्, रणधीर कपुर हिन्दी सिनेमाका शोम्यान भनिने राज कपुरका जेठो छोर हुन् । उनी दिवंगत नायक ऋषि कपुर र राजिव कपुरका दाइ हुन् । करिना र करिश्मा, रणधीर र बबिताका छोरीहरु हुन् । एकतिर पिता, श्रीमती र भाइहरुको शानदार फिल्मी करियर र अर्कोतर्फ इन्डष्ट्रिमा करिना करिष्माको सफलताले पनि रणधीरको चर्चालाई थप बढाउने गर्छ ।

रणधीर र बबिताको भेट फिल्म ‘कर आज और कल’ को सेटमा भएको थियो । यो फिल्ममा यी दुई नायक नायिका थिए । यहीँबाट यी दुईको प्रेम कहानी सुरु भयो र सन् १९७१ नोभेम्बर ६ मा उनीहरुले विवाह गरे । सन् १९७४ मा करिष्माको जन्म भयो र सन् १९८० मा उनीहरुका कान्छी छोरी करिना जन्मिइन् ।

विवाह र बालबच्चाबाहेक रणधीर आफ्नो फिल्मी करियरमा पनि फोकस थिए तर उनीहरुले यी सबैबीच तादम्य मिलाउन सकेनन् र सन् १९८८ मा उनले श्रीमती बबितासँग अलग हुने निर्णय लिए । रणधीर र बबिताले सम्बन्धविच्छेद गरेनन् तर उनीहरु छुट्टै बस्न थाले । १९ वर्षको मनमु’टा’वपछि सन् २००७ अक्टोबरमा उनीहरु पुनः भेटे र चित्त नबुझेका सबैकुरा सल्टाए ।

हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तरवार्तामा रणधीर कपुरले श्रीमती बबितासँग अलग भएको कारणबारे जानकारी दिएका थिए । उनले भनेका थिए, ‘बबितालाई मेरो रहनसहनको तरिका मन पदैनथ्यो र मलाई बबिताले भने जसरी बस्न मान्य थिएन त्यसैले हामी विवाहित हुँदा हुँदै पनि अलग बस्ने निर्णय गर्यौं ।’

रणधीर कपुरले भनेका थिए, ‘बबिता मेरो जीवनको एक महत्वपूर्ण हिस्सा हुन् । उनले मलाई दुई प्रिय छोरीहरु दिएकी छिन् । हामी परिपक्व छौं र त्यतिबेला हामीले छुट्टै बस्नुमा नै भलाई सोच्यौं । हामी दुश्मन होइनौं । उनलाई लाग्यो कि म एक पियक्कड खराब मान्छे हुँ र अबेर राती घर फर्कन्छु, जुन उनलाई फिटिक्कै मन पर्दैनथ्यो ।’

‘र म उनले भने जसरी बस्न चाहन्नथेँ र उनले मलाई यसरी स्विकार्न सकिरहेकी थिइनन् । यद्यपि, हामी दुईले प्रेम विवाह गरेका थियौं । सो इट्स ओके । हामीले दुई छोरीहरुको लालनपालन गर्नुथियो । उनले दुबैलाई निकै राम्रो तरिकाले हुर्काइन् र उनीहरुलाई आफ्नो करियरमा सफल बनाइन् । एक पिताको रुपमा मलाई योभन्दा बढी के नै चाहियो र रु’

रणधीर कपुरको फिल्मको कुरा गर्ने हो भने उनले दो उस्ताद, कल आज और कल, रामपुरका लक्ष्मण, जीत, जवानी दिवानी, रिक्सावाला, हमराही, हाथकी सफाइ, पोंगा पंडित, लफंगे, मामा भान्जा, चाचा भतिजा, मजदुर जिन्दाबादलगायतका थुप्रै फिल्ममा काम गरेका छन् ।

स्मरण रहोस् रणधीर कपुर र बबिता कपुर अहिले पनि छुट्टै बस्छन् तर उनीहरुलाई पारिवारिक कार्यक्रममा सँगै देख्न सकिन्छ । करिना र करिष्माले पनि आफ्ना आमा–बुवाको निर्णयमा आ’पत्ति जताएका छैनन् ।

Related Articles

Back to top button