भिडियो

महान श्रीमान बिनोद र श्रीमतीले यसरि मनाए भ्यालेन्टाइन, यति धेरै रोमान्टिक बने, छोरीले रुवाइन (हेर्नुहोस् भिडियो )

विनोद र अनिताले पनि भ्यालेन्टाईन्को दिन आफ्नो मायालाई साँटासाँट गरेका छन् । एउटा ठूलो केक । केक माथि बालिराखिएको झिरझिरे बत्ति, अनि विनोद र अनिताको मायाको रंग । त्यो दृश्य साँच्चै नै मोहक थियो । लामो समयदेखि बिरामी परेर थला परेकी अनिता जो प्रष्टसंग बोल्न सक्दिनन् तर सबै कुरा बुझ्छिन् । जस्को घाँटीको अहिले पनि सेतो कपास र त्यसमाथि सानो ब्यण्डेज गरिएको छ । त्यस्तो अवस्थामा पनि उनले श्रीमान विनोदलाई गालामा माया गरेर १४ फेब मनाएकी छन् ।

भनिन्छ मायाले नै संसार जितिन्छ । अनि मायाले मृत्युको मुखबाट फर्काएर ल्याउँदछ । अनिताको जीवनमा श्रीमान विनोदको माया पनि त्यही संजीवनी बुटी बनेको छ । पहिलाकोभन्दा अहिले अनिता धेरै नै निको हुँदै गईरहेकी छन् । आजभन्दा भोली र भोलीभन्दा पर्सी उनी निको हुँदै गएको श्रीमान विनोद बताउँछन् । विनोद आफ्नी प्राणभन्दा प्यारी श्रीमती अनिताकोसाथमा यो वर्षको भ्यालेन्टाईन् मनाउन पाउँदा उनी असाध्यै नै खुशी छन् । नहोऊन् पनि कसरी उनै अनिताकोलागी विनोदले आफ्नो सारा कुरा दाउमा राखिदिएका छन् ।

उता अनितापनि श्रीमानको अंगालोमा बसेर प्रणयदिवस मनाउन पाउँदा निकै नै खुशी छन् । त्यसमाथि पनि विनोदलाई बिरामी भएदेखि उनले गालमा माया पनि गरेकी छन् । यो साँचो हो अनिता बोल्न सक्दिनन् । तर अहिले उनलाई सबै कुरा थाहा हुन्छ । उनले आफुलाई लागेको कुरा बोल्छिन् तर उनको बोली केवल उनका श्रीमानले र अमाज्यू दिदीले मात्र बुझ्दछन् । अनिताले श्रमान विनोदलाई ह्याप्पि भ्यालेनटाईन् डे भनेको कुरा उनकी अमाज्यू दिदीले जब सबैलाई सुनाईन् तब अनिता लजाउँदै हाँसिन् ।

विनोद र अनिताको मायाको चिनो छोरीले पनि यो भ्यालेन्टाइनमा आफ्नी आमालाई चाँडै निको हुनु भन्दै गाला मसारे आफुलाई आमासंग सुत्न मन लागेको कुरा गरिन् । छोरीले आमा अनितालाई निको भएपछि आफुले आमासंगै खाना खाने, आमसंगै सुत्ने, आमासंगै कुरा गर्ने अनि आमालाई धेरै नै माया गर्ने बताएपछि अनित अलि भावुक भईन् । तर समग्रमा भने अनिता र विनोदको यस वर्षको भ्यालेनटाईन् भने उनीहरुकोलागी मात्र नभएर सबैकालागी निकै नै सम्झना योग्यको भयो ।

Related Articles

Back to top button