भिडियो

बोल्दा बोल्दै बोली फुटेर रुन खोज्ने श्यामको दुःख साँच्चै नै भयानक:सबैको माया र साथ पाउनु पर्नेमा सबैले एकैचोटी साथ छाडी दिंदाको पिडा कस्तो हुन्छ होला ?

नुवाकोट । नुवाकोट शिवपुरी घर भएका श्याम तामांगको पेट झट्ट हेर्दा कुनै गर्भवती महिलाको जस्तै देखिन्छ । वर्षले जम्मा २९ लागेका श्यामको ज्यान फुकेर अनि हातखुट्टा सुकेर लौरी जस्तै भएको छ । छाला र हड्डी मात्रै भएका श्यामको छातिका करंगहरु मज्जैले गन्न सकिन्छ । बोल्दा बोल्दै बोली फुटेर रुन खोज्ने श्यामको दुःख साँच्चै नै भयानक छ ।

यस्तो अवस्थामा सबैको माया र साथ पाउनु पर्नेमा सबैले एकैचोटी साथ छाडी दिंदाको पिडा कस्तो हुन्छ होला ? यो प्रश्नको जवाफ श्यामबाट गतिलैगरि पाउन सकिन्छ । श्यामको उपचार उनको आर्थिक अवस्थाका कारण सम्भव छैन । उनी एक २९ वर्षीय युवा हुन् । तर उनलाई लागेको रोगको कराण भने उनी देखिंदा निकै उमेर भएका जस्ता देखिन्छन् । श्याम अहिले बिरामी भएदेखि उनको साथी नै उनको आफ्नै ओच्छ्यान मात्र छ । उनको रोग भनेको एक्कासी बढेको उनको पेट हो ।

उनको पेट गएको अषाढको महिनादेखि अचानक बढ्न थालेपछि उनलाई माया ममता दिएर ख्याल राख्नु पर्ने श्रीमतीले पनि छाडेर गएको कुरा श्यामले सुनाए । उनले भने,‘माईत जान्छु भनेर छोरा बोकेर गएकी थिई फर्किएर आएकी छैन । न त फोन नै गरेकी छ ।’ श्यामको भनाई अनुसार उनी घरको जेठो छोरा रहेछन् । उनलाई यो अवस्थामा उनका भाईहरुले हेर्नु पर्ने हो तर भाईले पनि कहिले मर्ला भनेर दिन गनेको उनी बताउँछन् ।

सबैले बलेको आगो मात्र ताप्न रुचाउँछन् भन्ने कुरा श्यामको यो अवस्था देखेर पनि उनलाई रखेदेख गर्न नचाहाने उनका आफन्तहरुको व्यवहार देखेर भन्न सकिन्छ । भएको भाईले पनि मरिस् भने किरिया गरिदिउँला भनेर गयो भन्दै श्याम भक्कानिए । यति मात्र नभई कहिले काँही यसो वरपर उभिंदा चिनेजानेकाहरुले कति महिनाको भयो ? भन्दै जिस्काएको कुरा पनि उनले दुखि हुँदै सुनाए । कसैले आफ्नो उपचार गरिदिओस् भन्ने अपेक्षामा रहेका श्याम भन्छन्………भिडियोसहित

Related Articles

Back to top button