मनोरंजन

बोल्ड बन्दै गएकी नायिका वर्षा शिवाकोटी हेर्नुहोस् तस्विरमा

कलाकार वर्षा शिवाकोटी केही समयअघि साधारण पोशाकमा देखिने गर्थिन् । तर, पछिल्लो समय भने उनै खुल्दै गएकी छिन् ।पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय रहेकी वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।

सामाजिक सञ्जालमा उनले सुन्दर तस्वीरहरु शेयर गर्ने गर्छिन् । वर्षाको सुन्दरताको चर्चा चलिरहन्छ । पछिल्लो समय भने वर्षाले सामाजिक सञ्जालमा ग्ल्यामर तस्वीरहरु शेयर गर्न थालेकी छिन् ।हालै वर्षाले बिकिनी अवतारमा खिचाएका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनका तस्वीरमा फ्यानले मन परेको प्रतिक्रिया दिएका छन् ।

खासै विवादमा आउन नचाहने वर्षा पछिल्लो समय भने बोल्ड अवतारमा देखिन थालेकी छिन् । सामाजिक सञ्जालमा उनका कैयौं फ्यान छन् ।नायिका वर्षा सिवाकोटी दशैंको टिका थापेर अमेरिका उडिन् । उनी, अमेरिका पुगेको दुई साता भैसकेको छ । अमेरिकामा रहेकी वर्षाले सामाजिक संजालमा घुमफिरको तस्वीर पोष्ट गरेको देख्न सकिन्छ । कोरोना भाइरसका कारण उकुसमुकुस भएकी वर्षा अमेरिका पुगेर खुलेकी छिन् ।

उनै, वर्षाले अमेरिकामा रहेका आफ्ना प्रेमी सविनजंग थापासँगको भेटघाटको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । भेटघाटमा वर्षाको लागि सविनले गीत गाएको देख्न सकिन्छ । वर्षाले सामाजिक संजालमा शेयर गरेको तस्वीरले उनीहरुको भेटघाट विशेष भएको वुझ्न सकिन्छ ।

वर्षा शिवाकोटीको बारेमा थप जानकारी

नेपाली फिल्म जगतकी सुन्दर र चर्चित अभिनेत्री हुन् वर्षा शिवाकोटी । उनको जन्म सन् १९९३, ६ अप्रिलमा भएको हो । उनी अभिनेत्री, मोडल हुन् ।उनले बिबिएसम्मको अध्ययन गरेकी छिन् । उनले डेब्यु गरेको पहिलो फिल्म नाइ नभन्नु ल २ हो । मोडलिङबाट आफ्नो करिअर सूरु गरेकी उनको पहिलो म्युजिक भिडियो भने झुम्का गिरोरे हो ।

उनले स्कुले शिक्षा एसिया पब्लिक स्कुलबाट लिएकी हुन् । पछिको अध्ययन भने उनले हिमान ह्वाइट हाउस कलेज र एपेक्स कलेजबाट लिइन् । उनी आफु सिंगल रहेको बताउँदै आइरहेकी छिन् ।प्राय विवादमा उनी आउँन चाहदिनन् । त्यही भएर पनि उनी आफ्नो लभअफेयरबारे बोल्न नचाहेको केहीको आरोप छ ।उनलाइै पार्टीमा जान मनपर्देन । उनलाई चकलेट पनि मनपर्दैन । उनलाई इयरफोनमा गीतसुन्दै घुमिरहन मनपर्छ ।उनलाई कस्मेटिक प्रडक्ट अति नै मनपर्छ । उनी अन्तर्मुखी स्वभावकी छिन् ।

थप अपडेट

करिब एक बर्ष अघि अभिनेत्री बर्षा सिवाकाटी आफ्नो प्रेमी सबिन थापालाई भेट्न अमेरिका गएको भन्ने समाचारले मिडियामा चर्चा परिचर्चा भयो ।त्यो समय बर्षाले आफु प्रेममा रहेको वा नरहेको भन्ने बारे केही बोलिनन् । झण्डै एक बर्षपछि बर्षा पुनः सबिनलाई भेट्न अमेरिका पुगेकी थिइन । लकडाउनको समयमा कोरोनाको पर्वाह नगरी अमेरिका पुगेकी बर्षाले यसपटक भने खुलेरै सबिनसँग प्रेम जनाइन् । मिडियामा उनीहरु चाडैँनै विवाह बन्धनमा बाँधिन लागेको समचारपनि सार्वजनिक भयो ।

उता बर्षा र सबिनको प्रेम समाजिक सञ्जाल इन्टाग्रामको भित्ताभरी छरपष्ट देखियो । तर बर्षा नेपाल फर्किएसँगै उनीहरुको प्रेममा बाधा आयो ।अहिले भने बर्षाको ब्रेकअप भएको कुरा सामाजिक संजाल भरि हल्ला भैलिएको छ। उनका ब्वाईफ्रेण्डले ब्रेकअप भएको कुरालाई लिएर भावुक हुदै इन्स्टाग्राममा स्टाटस समेत लेखेका छन । उनीहरुको प्रेम सम्बन्ध विछोड भएको भनी शनिबार बिहानै सबिनले आफ्नो र बर्षाको तस्बिर सहित लामो भावुक स्ट्याटस पोस्ट गरेका हुन्। सबिनले इन्टाग्राममा बर्षाले देखाएको इगो र व्यवहारका कारण सम्बन्ध सकिएको लेखेका छन् ।

Related Articles

Back to top button