भिडियो

सपनाका वकिल भन्छन्, विनयजंगलाई तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्छ, विनयजंगसंग भएका अन्य युवतीलाई पनि उद्दार गरियोस्(भिडियो हेर्नुस्)

काठमाडौ । बीबीसीमा विश्वका शक्तिशाली १०० महिलाका सूचीमा परेकी सपना रोकामगरका विषयमा सामाजिक सञ्जालमा भइरहेको अनावश्यक टिकाटिप्पणीका बारेमा अब कानुनी प्रकृया सुरु हुने भएको छ । वेवारिसे शव ब्यवस्थापनका लागि सकृय विनयजंग वस्नेतले सपनाका विषयमा सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्दै खुलेआम चेतावनी पनि दिएका छन् ।

उनको विषयमा पूर्व प्रहरी एसएसपी तथा अधिवक्ता किवागं हागं राईले कानुनी रुपमा जानुपर्ने बताएका छन् । उनले सपना आफ्नो सम्पर्कमा रहेको र उनलाई संस्था दर्ता गर्ने काममा आफुले सहयोग समेत गरेको बताएका छन् । उनले सपनाका बारेमा विनयजंग गरेको टिप्पणी अ प रा धिक भएको र उनलाई कानुनी कारवाही गर्नुपर्ने बताएका छन् ।

उनले जिवनको कुनै मोडमा वाटो विराएर सडकमा पुगेकाहरु जिवनको महत्व बुझेर सकारात्मक वाटोमा लागेर समाजसेवामा लागेकी किशोरीलाई यसरी सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्न नहुने बताए । सपनालाई विनयजंगले नै आफ्नो सम्पर्कमा आएपछि बीबीसीको शक्तिशाली १०० महिलाको लिष्टमा पार्ने अवसर दिएको भएपनि उनका पछिल्लो टिप्पणी आ प रा धिक भएको बताएका छन् ।

विनयजंगले युट्युवममा आफु विरुद्ध लाग्ने सबैलाई सि ध्या इ दिने चेतावनी दिएको र सपनाका अ श्लि ल तस्बिर र भिडियो आफुसंग भएको भन्दै धेरै रिस उठाए सार्वजनिक गरिदिने चेतावनी दिएका थिए । देखाइदिउँ ? भन्दै उनले बारम्बार भनेको भिडियोमा देखिन्छ ।

त्यही भिडियो देखाउँदै अधिवक्ता रहेका पूर्व प्रहरी एसएसपीले उनी आ प रा धिक मनस्थिति भएको ब्यक्ति भएको प्रमाणीत हुने बताए । उनले विनयजंगलाई तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्ने बताए ।

Related Articles

Back to top button