समाचार

भागरथी घटनामा कुकुरले देखायो यस्तो प्रमाण, प्रहरी भन्छ,’घटनामा संलग्न अब छिट्टै सार्वजनिक गर्छौ’

काठमाडौ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीय किशोरी भागरथी भट्टको घटनामा केही नयाँ तथ्य फेला परेका छन् । घटना भएको ११ दिन वितिसक्दा पनि संलग्न को हो भनेर पत्ता लगाउन नसकेको प्रहरीले अनुसन्धानमा कुकुरको प्रयोग गरेको छ ।

उनको शब गत माघ २३ गते जंगलमा फेला परेको थियो । प्रहरीले उनको घटना पनि निर्मला पन्तको जस्तै भएको निष्कर्ष निकालेको छ । तालिमप्राप्त कुकुरले घटनाका बारेमा केही संकेत गरेको छ । घटना पछि संलग्न ब्यक्ति गएको बाटो कुकुरले पत्ता लगाएको छ । कुकुरले देखाएको वाटोमा मानिस हिडेको पदचाप पनि देखिएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले घटनास्थलदेखि घटनामा संलग्न भएको ब्यक्ति गएको बाटोबारे केही महत्त्वपूर्ण सङ्केत र सुराक दिएको छ ।

घटना भएको स्थान अर्थात् स्थानीय लवलेक जंगलवाट वाहिर कच्ची सडकसम्म कुकुरले वाटो देखाएको हो । कच्ची सडकबाट आरोलो बाटो हुँदै कुकुर केही समय घटनास्थलको वरिपरी घुम्यु । भागरथीको शव भेटिएको स्थानमा केही समय रुमलिएको कुकुर त्यसपछि बिस्तारै जंगलको बाटो पूर्वतर्फ अगाडि बढ्यो । कुकरले जुन बाटो पछ्याएको थियो, त्यो बाटोमा मानिस हिँडेको पदचाप देख्न सकिन्थ्यो । ती बाटोमा ससाना बुट्यानहरु कुल्चिएका थिए ।

करिब ८ सय मिटर जंगलको बाटो पछ्याएपछि तालिमप्राप्त कुकुर कच्ची सडकमा आइपुग्यो । त्याृे कच्ची सडक अर्थात् कुकुर आइपुगेको स्थान घटनास्थलबाट पूर्वतर्फ अर्थात् खोचलेक बजारतर्फ पर्छ । तर कुकुरले त्यसपछि कुनै सङ्केत गर्न सकेन ।

यसको मतलब अपराधी त्यही बाटो भएर कच्ची सडकसम्म आएको त कुकुरले सङ्केत गर्यो, त्यसपछि त्यो अ प रा धी कुन बाटो भएर के मा कसरी गर्यो त्यो सङ्केत कुकुरले गर्न सकेन, पाएन । यसको मतलव त्यहाँ सम्म पुगेको मानिस त्यसपछि कुनै सवारी साधन चढेर गएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथी माथि घटना भएको बताएका छन् । ‘घटनास्थलको भौगोलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नभएको प्रहरीको भनाई छ ।

चिनजानका स्थानीय व्यक्तिबाट घटना भएको हो,’ दोगडोकदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने । सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बनाए । ‘हामी तुरुन्त दो षी पत्ता लगाउँदै, सार्वजनिक गर्छौं,’ उनले भने ।

Related Articles

Back to top button