हलिवूड/बलिवूड

ब्वाइफ्रेण्डसँग कोठामा बसेकी प्रियंका रंगे-हात समातिएपछि…

बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो संस्मरण ‘अनफिनिश्ड’का कारण चर्चामा छिन् । यो किताब ९ जनवरीमा बजारमा आएको छ । किताबमा उनले आफू किशोर अवस्थामा हुँदाका एक जना ब्वाइफ्रेण्डको बारेमा पनि चर्चा गरेकी छिन् ।

प्रियंका एकपटक आफ्ना ती ब्वाइफ्रेण्डसँग कोठामा बसिरहेका बेला रंगे-हात समातिएकी थिइन् । पढाइका लागि अमेरिका गएका बेला प्रियंकाकी आन्टीले उनलाई ब्वाइफ्रेण्डसँग रंगे-हात समातेकी थिइन् ।दिउँसोको २ बजेको थियो र आन्टी घर फर्किने समय भएको थिएन । बबलाई घरबाहिर पठाउने कुनै बाटो नपाएपछि प्रियंकाले बबलाई कोठाको दराजभित्र बन्द

प्रियंकाका अनुसार अमेरिकामा बसेर पढ्ने क्रममा उनको एक किशोरसँग प्रेम भएको थियो । किताबमा प्रियंकाले ती किशोरको नाम बब भनेकी छिन् । त्यतिबेला प्रियंका १० कक्षामा पढ्थिन् । उनी अमेरिकामा आफ्नी किरण आन्टीसँग इण्डिया नापोलिसमा बस्थिन् । प्रियंकाका अनुसार उनी त्यतिबेला बबसँग बिहे गर्न चाहन्थिन् ।

प्रियंकाका अनुसार त्यस दिन उनी र बब एक अर्काको हात समातेर टिभी हेरिरहेका थिए । त्यही बेला प्रियंकाले आन्टी घरतर्फ आइरहेको झ्यालबाट देखिन् ।उनका अनुसार उनी निकै डराएकी थिइन् । त्यतिबेला दिउँसोको २ बजेको थियो र आन्टी घर फर्किने समय भएको थिएन । बबलाई घरबाहिर पठाउने कुनै बाटो नपाएपछि प्रियंकाले बबलाई कोठाको दराजभित्र बन्द गरिदिइन् ।प्रियंकाका अनुसार आन्टीले त्यसपछि प्रियंकाकी आमालाई भारत फोन गरेर यसबारे बताएकी थिइन् । त्यसपछि प्रियंका भारत फर्किन्

प्रियंकाले लेखेकी छिन् ‘किरण मासी घरभित्र पस्नुभयो र सबै कोठा चेक गर्न थाल्नुभयो । म बेडमा बसेकी थिएँ र मेरो हातमा बायोलोजीको किताब थियो । मैले आफूलाई पढिरहेको जस्तो देखाइरहेकी थिएँ । मासी मेरो कोठाको ढोकामा आउनुभयो र भन्नुभयो यसलाई खोल । मैले सोधें के खोल्ने ? आन्टीले भन्नुभयो आफ्नो दराज खोल ।म डरले काँपिरहेकी थिएँ किनकि यसअघि मैले मासीलाई यति रिसाएको कहिल्यै देखेकी थिइन् । मैले दराज खोल्नासाथ सब गडबड भयो किनकि त्यहाँ बब थियो ।’

प्रियंकाका अनुसार आन्टीले त्यसपछि प्रियंकाकी आमालाई भारत फोन गरेर यसबारे बताएकी थिइन् । त्यसपछि प्रियंका भारत फर्किन् । भारत फर्केपछि मिस इण्डियामा भाग लिएकी थिइन् । उनले यो प्रतियोगिता जितेर मिस वर्ल्डमा पुगिन र मिस वर्ल्डको उपाधि पनि जितिन् । त्यसपछि उनी चर्चामा आइन् । यहीँबाट उनको सफल फिल्म करिअरको सुरुवात भयो ।

Related Articles

Back to top button