मुख्यमन्त्री कार्यालयको गाडीले टेम्पोलाई दियो ठक्कर, चालकको तत्काल मृत्यु
मुख्यमन्त्री कार्यालयको गाडिले एक टेम्पोलाई ठक्कर दिएको छ । सिरहाको चोहर्वा सिरहा सडकखण्डमा पर्ने विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर चोकमा उक्त डाठिले ठक्कर दिएको हो ।
प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।
प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २-०२००१ झ ००५७ नम्बरको स्कारपियोले स १ ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिएको थियो ।
टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका १२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो ।
स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने गाडी र त्यसका चालक जनकपुरधाम उपमहानगरपालिका ७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले पक्राउ गरेको छ । सांकेतिक तस्वीर