समाचार

मैले न्याय पाइन भन्दै आफैंले बाबु मानेका विनयजंग बिरुद्ध सपना प्रहरी कहाँ, विनयजंग फरार

पछिल्लो समय आफूले कुनै समय छोरी मानेकी सपना बिरुद्ध उग्र अभिब्यक्ति दिएका विनयजंग बस्नेत अहिले फरार भएको खुुलेको छ । सपना रोका मगर विनयजंग बिरुद्ध उजुरी लिएर प्रहरीकहाँ पुगेपछि उनी फरार रहेको खुलेको हो ।

यस कुराको पुष्टि बेवारिसे शव ब्यवस्थापनमै सक्रिय आकांक्षा पोखरेलले फेसबुक मार्फत गरेकी छिन् । यसो त पत्रकार युवराज कँडेलको फेसबुक स्टाटसमा कमेन्ट गर्दै सपनाले पनि आफू चौकी गएको तर विनयजंगलाई कारवाही हुन नसकेको बताएकी थिइन् ।

पत्रकार युवराज कँडेल फेसबुकमा लेख्छन्, बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा ध म्की दिइरहेका छन् ।

यो नि र्कृ ष्ठ अ प रा ध हो, व्यक्ति जोसुकै होस्, स म्ब न्ध जेसुकै होस, जस्तो सुकै होस् कसैले कसैलाई यसरी ब्ल्याकमेल गर्न पाइदैन। डिजिटल दुनियाँको ब्ल्याकमेल निकै आ त ता यी हुन्छ

यसमा कमेन्ट गर्दै सपना रोका मगर लेख्छिन्, उनिहरु जस्ता ठुला हरुको लागि कानुन पनि नलाग्ने रहेछ, अहिले सम्म कानुन नै छ भनी यति सम्म चरित्र ह त्या गर्दा पनि चुप थिए कानुन भन्दा माथी कोहि छैन भनेर, दिन भर चौकी धाउदा पनि केहिनै लागेन । म एउटा सपना म रे र केही पनि हुदैन बस हजार सपना हरु बाच्न जरुरी छ ।

Related Articles

Back to top button