Auto News

प्रिमियम फिचरसहित १७५ सीसीको नयाँ मोटरसाइकल नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । बनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल नेपालले नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले १७५ सीसी क्षमताको नेकेड स्पोर्टस मोटरसाइकलको नेपालमा विक्री शुरु गरेको हो ।

कम्पनीको पछिल्लो समय नेपालमा १५० सीसीको मोटरसाइकल निकै लोकप्रिय रहेको अवस्थामा कम्पनीले १७५ सीसी क्षमताको छ । कम्पनीले नयाँ भित्र्याएको मोटरसाइकल ‘बेनेली १८० एस’ रहेको छ ।

यो मोटरसाइकलमा १७५.३ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ९५०० आरपीएममा १७.८ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ ।

‘बेनेली १८० एस’मा कम्पनीले प्रिमियम फिचर समावेश गरेको छ । यसमा ट्रीपल स्पार्क टेक्नोलोजी, यूएसडी फर्क, ६ स्पीड गियर, गियर इन्डिकेटर, लिक्वीड कुल्ड इन्जिन पाउन सकिन्छ । त्यसैगरी यसमा डबल डिस्क ब्रेक र वेट क्लच प्लेट रहेको छ ।

कम्पनीले यो मोटरसाइकललाई विभिन्न ४ कलर भेरियन्टमा उपलब्ध गराएको जानकारी दिएको छ । जसमा सेतो, कालो र रातो कलरको मूल्य समान ४ लाख ३० हजार रुपैयाँ र नियोन कलरको मूल्य ४ लाख ४० हजार रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीको सबै आधिकारिक शोरुममा यसको टेष्ट ड्राइभ क्याम्पनेसमेत सुरु गरेको छ । ग्राहकले बेनेली १८० एसको टेष्ट ड्राइभ गरेर राइडिङ गियरका साथै ब्रान्डेड घडीहरु समेत जित्न सक्नेछन् ।मेराेअटाे

Related Articles

Back to top button