समाचार

बर्दिबास घटना : प्रहरीको गो’ली ला’गे’का बुद्धिराजको निधन

काठमाडौं । महोत्तरीको बर्दिबासमा मंगलवार प्रहरीको गो’ली ला’गे’र घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को निधन भएको छ । अवस्था गम्भिर भएपछि उनलाई मंगलवार नै हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको हो । उपचारको क्रममा गएराति १२ बजेर तिर उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । घटनामा अन्य दुई जना पनि घाइते भएका थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनीहरुको वर्दिवासमै उपचार भइरहेको छ । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेलाई कम्मरममुनी गो’ली ला’गे’को थियो ।

६ वर्षीया बालिका गुलबसा खातुन मृ’त फेला परेपछि मंगलवार स्थानियले बर्दिवासमा विरोध प्रर्दशन गरेका थिए । प्रहरीले अवस्था विग्रन नदिन बल प्रयोग गरेको थियो ।

जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बो’रामा खाँ’देको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बालिकाको नियोजित तरिकाले ज्यान लिएको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको ज्यान लिएको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक राजन चापागाइँले बताउनुभयो । घटनामा संलग्न भएको अभियोग लागेका युवकको घरमा स्थानियले आगो लगाइदिएका छन् ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button