समाचार
आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार
काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार पनि सुनको भाउ घटेको रहेको छ।
हिजो ४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ६ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।