भिडियो

पोखरामा टिकटक बाट भाइरल महिला फूटबल टिमको बबाल डान्स हेर्नुहोस।।

यो समाचारको भिडियो अन्तिममा छ कृपया हेरेर प्रतिक्रिया दिनुहोला काठमाडौं । न्यूज २४ बाट प्रशारण भएको ‘सीधा कुरा जनतासँग’ र पोखराको गण्डकी टेलीभिजनबाट प्रशारण हुदै आएको ‘गण्डकी छड्के’ यी दुवै जनताको मनमस्तिष्कमा बस्न सफल टेलीभिजन कार्यक्रम हुन् । अनि यी दुवै कार्यक्रमका सञ्चालक पनि उत्तिकै लोकप्रिय छन् । नाम हो रबि लामिछाने र अपिल त्रिपाठी । दुवैजनाको नाम सुन्दा खोज पत्रकारितालाई अंगाल्दै स्थलगत छड्के प्रश्नहरुको माध्यमबाट सत्यतथ्य चिरफार गर्ने पर्यायको रुपमा बुझ्न गाह्रो नहोला ।

केही दिनअघि रबि लामिछाने न्यूज २४ सँग असहमति जनाउदै बाहिरिएपछि आएको नयाँ तरङ्गलाई टेवा पुग्ने गरी अर्को खबर सार्वजनिक भएको छ । टेलीभिजन कार्यक्रममार्फत नागरिकको मन जित्ने प्रस्तोता रबि लामिछाने र अपिल त्रिपाठी एकै सञ्चारमाध्यममा काम गर्ने खबर आएसँगै नेपाली अनलाईन सञ्चारमाध्यम र विशेष गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उत्साहित भएका छन् ।

रबि लामिछाने र अपिल त्रिपाठी सँगै बसेर छलफल गरिरहेजस्तो देखिने तस्वीर सार्वजनिक भएको छ । यी दुवै पक्षले आधिकारिक रुपमा केही नभनेपनि उनीहरु निकट स्रोतबाट दुई टेलिभिजनकर्मी (रबि लामिछाने र अपिल त्रिपाठी) सँगै काम गर्ने जानकारी आएको छ ।

त्यसोत केहीदिनयता तत्कालिन न्यूज २४ मा रहदा सीधा कुरा जनतासँगका कार्यक्रम उत्पादक (प्रोड्युसर) दीपक बोहराले एक तस्वीर आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । रबि लामिछाने, अपिल त्रिपाठी र दीपक बोहरा तीनैजनाको तस्वीर सार्वजनिक गर्दै बोहराले लेखेका छन्, ‘काठमाडौं कार्यालयको छतमा हामी ।’ त्रिपाठी र लामिछाने एकै सञ्चारगृहमा मिलेर काम गर्ने खबरलाई दीपकको यो पोस्टले थप बलियो बनाएको छ । यसकार रबि लामिछानेसँग मोवाईलमार्फत सम्पर्क गर्न खोज्दा सम्पर्क हुनसकेन।।

Related Articles

Back to top button