समाचार

राज्यविरुद्ध कसुर गरेको कारण रामकुमारी झाँक्रीलाई पक्राउ पर्दै, ७ बर्ष जेल सजाए हुने

काठमाडौं – नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी दिएको छ। झाँक्रीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा उनलाई पक्राउ पूर्जी दिइएको हो।

उनलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पूर्जी दिइएको छ। यस अघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो। उनले पक्राउ पूर्जी लिएर आए गिरफ्तारी दिन तयार रहेको बताएकी थिइन्। उनको निवास शंखमुल अगाडि समर्थकले नारावाजी गरिरहेका छन्।

यसै क्रममा नेतृ रामकुमारी झाँक्रीले आफू गिरफ्तारी दिन तयार रहेको बताएकी छन्। प्रहरीले पक्राउ पुर्जी दिए आफू प्रहरी कार्यालय जान तयार रहेको उनले बताएकी हुन्। उनलाई पक्रन गएको प्रहरीका एक अधिकृतसँग अहिले उनले कुरा गरिरहेकी छन्।

शंखमुलस्थित झाँक्री निवासअगाडि अहिले उनका समर्थकले नाराबाजी गरिरहेका छन् भने ठूलो संख्यामा दंगा प्रहरी परिचालन गरिएको छ।

मुलुकी अपराध संहिताको दफा ५८ (१) मा कसैले राष्ट्रपति वा व्यवस्थापिका (संसद्) लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास किसिमको ध म्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको द बाब दिन हुँदैन भन्ने उल्लेख छ। दफा २ मा उपदफा १ को कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

Related Articles

Back to top button