भिडियो

आमा नाता पर्नेलाई जब युवकले बेहुली बनाएर गाउँमै ल्याए (भिडियो हेर्नुस्)

गुल्मीको मुसिकोटमा एक युवकले आफ्नो आमा नाता पर्ने महिलालाई श्रीमती बनाएका छन् । आफन्ती र नजिकको साइनोले आमा भन्नुपर्ने महिलालाई भगाएपछि ति महिलाका श्रीमान मिडियामा आएका थिए । नातामा आमा छोरा नाता पर्नेहरुले विवाह गरेर गाउँमै फर्किएका छन् । उनीहरुको उमेरको पनि धेरै फरक छ । चार महिना देखि आफुहरु नजिकिएको युवकले बताएका छन् । युवकको उमेर २४ वर्षको छ भने महिलाको उमेर ३६ वर्षको छ ।

ति युवकलाई पनि नातामा आमा भन्नुपर्छ भन्ने थाहा थियो । तर गाउँमा भेटघाट हुँदा बोल्दा बोल्दै आमा नातापर्नेसंग माया बसेको युवकको भनाई छ । अहिले त्यो जोडी गाउँमै फर्किएर आएका छन् । तर उनीहरुले विवाह गरेको बताएका छन् । महिलाको पहिलाको श्रीमानले साना छोराछोरी बिचल्ली पारेर श्रीमती हिडेको भन्दै मिडियामा आएका हुन् । श्रीमान वैदेशिक रोजगारीमा थिए । आफु वैदेशिक रोजगारीमा रहँदा पठाएको पैसा श्रीमतीले हिनामिना गरिदिएको पहिलाका श्रीमानले बताएका छन् ।

अहिले अर्को विवाह गरेकै कारण उनले अनावश्यक आरोप लगाएको बताएकी छन् । श्रीमानले ४० देखि ५० हजार रुपैया सम्म पठाउने गरेको भने स्वीकार गरेकी छन् । तर उनले भनेजति पैसाको हिनामिना भने नभएको उनको भनाई छ । विवाह गरेर गएका कारण आफुलाई अनावश्यक आरोप लगाएको उनले बताइन् ।

हेर्नुहोस बाकी भिडियोमा :

Related Articles

Back to top button