समाचार

लाईभ कार्यकर्ममै भाषण गर्दागर्दै नारायणकाजीले ‘तपाई चुप लाग्नुस्’ भन्दै मञ्चवाटै थर्काए ऋषि धमलालाई

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनौपचारीक रुपमा विभाजन भएको नेकपाको एउटा समुह अहिले आन्दोलनमा छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समुह आन्दोलनमा उत्रिएको छ ।

बुधवार सो समुहले काठमाडौमा विरोध सभा गरेको छ । यो पटकको सभामा पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चर्चामा आएका छन् । अघिल्लो पटकको सभामा पनि मञ्चमै झोक्किएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो पटक उनले पत्रकार ऋषी धमलालाई मञ्चवाटै थ’र्काएका छन् ।

उनले भाषण गरिरहँदा पत्रकार दिर्घामा केही हल्ला हुन्छ । उनले पत्रकार साथीहरु त्यहाँ हल्ला नगर्नुस भन्दै आग्रह गर्छन । तर पनि हल्ला शान्त हुँदैन । उनी अलि उग्र हुँदै पत्रकार साथीहरु तपाईहरु चुप लाग्नुस् हल्ला नगर्नुस भन्छन् । त्यस पछि उनले ऋषी धमलाको नाम नै तोकेर ऋषी धमला तपाई हल्ला नगर्नु, त्यहाँ अर्को कार्यक्रम नगर्नुस चुप लाग्नुस् भन्दै मञ्चवाटै थर्काउँछन ।

उनले भन्छन्, हामी यहाँ सभा सञ्चालन गरिराखेका छौं तपाईरु त्यहाँ चुप लाग्दिनुस् सुन्नस् ऋषी धमला जी तपाई त्यहाँ अर्को कार्यक्रम संचालन नगर्नु तपाई चुप लाग्नुस् । उहाँले राम्रै काम गर्नु भएको थियो । आमसभामा जनतासंग अन्तरवार्ता लिनु भएको छ । तर अहिले होइन पछि लिन म अनुरोध गर्दछु उनले भने । त्यती भनेर उनले फेरी आफ्नो भाषण जारी राखे ।

Related Articles

Back to top button