समाचार

अन्तत बाहिरियो भागरथीको पोष्टमार्टम रिपोर्ट! के हाेला अब?

बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बला’त्का’रपछि ह’त्या भएको पो’ष्टमा’र्टम रि’पोर्टबाट पु’ष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पो’ष्टमा’र्टम रि’पोर्टबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको बला’त्का’रपछि घाँटी थिचेर ह’त्या भएको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले भने, ‘पो’ष्टमा’र्टमा कज अफ डेथ बला’त्का’रपछि घाँ’टी थि’चेको देखायो ।’

उनले सामूहिक बला’त्का’र हो वा होईन भन्ने बारेमा थप परीक्षण भईरहेको जानकारी दिए । ‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौ,’ उनले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ ।’

बुधवार हराएकी भट्टको बिहिवार बिभत्स अवस्थामा श’व फेला परेको थियो । उक्त घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् । उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सीआईवीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा छ । सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी पनि बैतडी पुगेका छन् ।

‘घट नाको अनु सन्धानका लागि क्लोज रिङ बनाइएको छ, त्यसमा चिनजानका, नजिकका आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यसनजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ,’ सुदूरपश्चिम प्र्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सिंहले भने, ‘घटनायता अहिलेसम्म दुई दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेका छौं, उनीहरूलाई निग रानीमा नै राखिएको छ ।’

विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदको ‘क्लोज रिङ’ बनाइएको उनले जनाएका हुन् । भागरथीले भारतीय र नेपाली सिमकार्ड प्रयोग गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले भारतमा बस्दै आएका आफन्तसँग कुरा गर्न भारतीय सिमकार्ड प्रयोग गरेको हुन सक्ने र त्यसतर्फ अनुसन्धान आवश्यक परे भारतीय प्रहरीको सहयोगसमेत लिइने प्रहरी बताउँछ ।

प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही फोन आएको तर उनले फोन ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको देखिएको छ । आजको राजधानी दैनिकमा समाचार छ । **समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**’

Related Articles

Back to top button