समाचार

सुत्केरी श्रीमति बिरामी भएपछि धामी देखाउन जाँदा भीरबाट ख से र आमाछोराकै निधन

काठमाडौ । शेरबहादुर भूलको छोरो जन्मिएपछि खुशीको सीमा थिएन । उनकी श्रीमतिले १३ दिन अघि छोराको जन्म दिएकी थिइन् । तर, पछि श्रीमतिको स्वास्थ्य खराव भयो । र श्रीमति र छोराको ज्यान एक अनौठो तरिकाले गयो ।

यो जिल्ला डडेलधुराको घटना हो । त्यहाँ भीरबाट ल डे र १३ दिने शिशुसहित सुत्केरीको निधन भएको छ । नवदुर्गा गाउँपालिका २ ढोडनाको भीरबाट ल डे र एक नवजात शिशुसहित एक महिलाको सोमबार निधन भएको हो ।

सोही गाउँपालिका २ बगाल बस्ने ३५ वर्षीया पुतलीदेवी भुल र उनको १३ दिनको छोराको निधन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

सापला भन्ने गाउँमा श्रीमान् शेरबहादुर भुलसँग धा मी झा क्री हेराउन जाने क्रममा भीरबाट करिब ३०० मिटर तल ख से र उनीहरूको निधन भएको हो । अहिले शेरबहादुरलाई सोधपुछका लागि लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button