समाचार

दुवईमा पसिना बगाउँदै थिए, नेपालवाट श्रीमतीले फोन गरेर भनिन्, ‘मैले अरुकै ६ महिनाको गर्भ फा ले मलाई माफ गरेर स्वीकार गर्नुस्’ (भिडियो हेर्नुस्)

काठमाडौ । श्रीमान वैदेशिक रोजगारीका लागि बाहिर थिए । तर श्रीमतीले अचानक फोन गरेर भनिन् म मुकुन्द निरौलाको गर्भ बोकेर फा ले, मैले गल्ती गरे , मलाई स्वीकार गर्नु हुन्छ की हुन्न ? भनेर फोन गरीन् । श्रीमतीको फोनमा यस्तो कुरा सुनेपछि उनी छाँगावाट ख से जस्तो भए ।

इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा भएको यो घटनाले वैदेशिक रोजगारीमा रहेका युवाहरुको लागि झ सं ग बनाउने घटना भएको हो । श्रीमती छोराछोरीको खुसीको लागि भन्दै विदेशमा रहेका पुरुषहरुलाई यस्ता घटनाले पक्कै पनि दुखी बनाउँछ । दिनेश बस्नेतलाई भएको यस्तो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनी वैदेशिक रोजगारीका लागि दुवईमा थिए । त्यती बेला श्रीमतीले त्यस्तो भनेर फोन गरेकी थिइन् ।

दुई वर्ष विदेशमा रहँदा उनले एक वर्ष त राम्रै पैसा पठाए तर कोरोनाका कारण उनले काम गुमाए अनि पैसा पठाउन सकेनन् । त्यसपछि गाउँवाट कसैले उनलाई तिम्रो श्रीमतीले अरुकै बच्चा बोकेर पनि फा लि सकेकी छन् भनेर खबर दिए ।

त्यसपछि उनको श्रीमतीसंग कुराकानी हुँदा श्रीमतीले पनि स्वीकार गरिन् । तर अहिले उनी विदेशवाट नेपाल फर्किए । नेपाल फर्किएपछि श्रीमतीले जसको गर्भ हो भनेकी थिइन् ति पुरुषले अस्वीकार गरेपछि अहिले श्रीमतीले पनि अस्वीकार गरेको बताएका छन् ।

तर अब श्रीमानले श्रीमती स्वीकार गर्न सहमत छैनन् । ति पुरुष दाई नाता पर्ने र छिमेकी भएका कारण पनि स्वीकार गर्न नसक्ने उनको भनाई छ । बाहिरको मान्छे भए हुन्थ्यो तर संधै आफ्नो अगाडी देखिने र आफन्त नै भएका कारण म स्वीकार गर्न सक्दिन उनले भने, श्रीमतीले आफ्नो माइती र मेरो परिवारका सदस्यकै अगाडी निरौलाको गर्भ हो भनेर स्वीकार गरेकी थिइन् ।

Related Articles

Back to top button