भिडियो

सपनाले पनि मुख खोलिन : म माथि बिनयले जे गरे त्यो एकदिन सबै कुरा छरपस्ट हुन्छ

सपना रोका मगरका बारेमा सायदै कसैलाई थाहा नभएको होस् । उनी वेवारिसे शव ब्यवस्थापनको कामवाट अहिले विश्वमाझ परिचित भएकी छन् । उनलाई बीबीसीले विश्वकै १०० शक्तिशाली महिलाको रुपमा छनोट गरेपछि उनी विश्व चर्चित भएकी हुन् । उनी शव ब्यवस्थापनको काममा सकृय विनयजंग बस्नेतसंग मिलेर सो काममा लागेकी थिइन् । उनी विनयजंगको संस्थामा लागेर यो काम सुरु गरेको केही महिनामै विश्वव्यापी भइन् ।

तर जव बीबीसीले उनलाई शक्तिशाली महिलाका रुपमा छनौट गरेको थियो त्यती बेला विनयजंग र सपनाको सम्बन्ध विग्रिसकेको थियो । उनी विजयजंगको संस्था छोडेर घरमा बसेको बेलामा बीबीसीमा उनको नाम सार्वजनिक भएको थियो । त्यसपछि उनी चर्चित भइन् । उनको नामवाट विजयजंगको पनि नाम चर्चामा आयो । त्यसपछि विनयजंगले सपनालाई आफ्नो छोरी हो र मेरो निधन पछि सपनाले ले आफ्नो शव ब्यवस्थापन गरोस् भन्ने चाहेको बताएका थिए । उनले सार्वजनिक रुपमा सपनाको खुट्टा नै ढोगेका थिए ।

तर अहिले सपना र विजयजंगका बारेमा धेरै नराम्रा कुराको चर्चा चलेको छ । सपनालाई विनयजंगले सार्वजनिक रुपमा छोरी मानेपनि उनको नियत नराम्रो रहेको कुरा सार्वजनिक भएको छ । उनले सपनालाई रातीमा आफ्नो शरिरमा तेल मालिस गर्न लगाउने, नमान्दा या त ना दिने र कु ट् ने समेत गरेको खुलेको छ ।

सपनाको बुवा आमालाई कि मेरो लागी एउटा श्रीमती खोजी दिनु नत्र सपनालाई बस्नेत बनाउँछु भनेर भन्ने गरेको पनि सपनाको वास्तविक बुवा आमाले सार्वजनिक गरेका छन् । यति धेरै कुरा सार्वजनिक भएपछि सपनाले पनि आफ्नो कुरा सार्वजनिक गरेकी छन् । उनले सत्य कहिल्यै नलुक्ने र कुनै न कूनै दिन सत्य बाहिर आउने बताएकी छन् । उनले आफ्ना बारेमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेकी छन् । उनले मिडियामा आफ्नो ब्यक्तिगत कुरा र विगत छरपष्ट पारिएको भन्दै चित्त दुखाएकी छन् ।

के लगाए सपनाका आमाबाबुले बिनयलाइ आरोप ?

‘मेरो छोरी होइन सपना, छोरा हो । के छोरा मसंगसंगै सुत्नु हुँदैन ?’ यो भनाई हो बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतको । तर यो भनाईलाई सपनाका बुवाआमाले जस्ताको त्यस्तै एक अन्तरवार्तामा बताएका छन् । सपनालाई आधि रातमा आफ्नो हातखुट्टामा तेल लगाएर मालिस गर्न लगाउँथे रे विनजजंग बस्नेतले । योपनि सपनाकै आमाबुवाले बताएका छन् ।

विगत केही महिनादेखि सपना र विनयजंग बस्नेतबीचको सम्बन्ध चिसिएको कुरा सबैलाई थाहा भएकै हो । तर के कारणले बाबु छोरी भनिने उनीहरुबीचको सम्बन्धमा दरार आयो भन्ने कुरा सबैकोलागी चासोको विषय थियो । यो चासोको विषयलाई सपनाका बुवाआमाले खोलिदिएका छन् । सपनाको आमाबुवाको भनाई अनुसार विनयजंगले सपनालाई बाहीरि रुपमा छोरी भनेतापनि उनको भित्री आवरणमा सपनालाई छोरीको दर्जा नदिएको बताएका छन् ।

उनीहरुको भनाई अुनसार विनयजंगले आफुले भनेको सपनाले नमान्दा मुखबाट खुन आउने गरी विनयले सपनालाई कु’टे’का पनि छन् । उक्त अन्तरवार्तामा सपनाकी आमाले रुँदै भनेकी छन्,‘उहाँले मलाई नै भन्नु भएको थियो सपना त मेरो छोरा हो । के म मेरो छोरासंगसंगै सुत्न मिल्दैन रु भन्दा मैले काममा छोरा भएपनि उ त छोरी हो नी बाबु भनेकी थिएँ । एकातिर छोरी पनि भन्ने अर्कोतिर छोरीसंगै सुत्छु पनि भन्ने । यो कस्तो सम्बन्ध हो ?’ उनको कुरामा विनयजंगले छोरी सपनालाई गरेको र बोलेको अभ्रद शब्दहरुको बारेमा सपनाका बुवाले पनि उक्त अन्तरवार्तामा बताएका छन् ।

सपना रोका मगर र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडौं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश ज’ला’उने गरेको देखेपछि उनले पनि यही काम थालेकी थिइन् ।

काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी थिईन । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेकासय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो ।

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी थिइन् । म्याग्दीकी १८ वर्षीया सपना दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा हुन्छिन् । उनले काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवको आफन्त बनेर दागबत्ती दिँदै आएकी थिइन् । तर आज उनका आमा बुबा मिडियामा रुदै आएका छन् । विनयजंग बस्नेतले सपनालाई यौ’न दु’व्र्य’वहार गरेर मा’र्नेसम्मको ध’म्की दिएको भन्दै सपनाको बुवाआमाले रुँदै बताए ।

को हुन बस्नेत ?

निस्वार्थ भावले सामाजिक सत्कर्ममा होमिएका व्यक्ति हुन उनी । युवावयमै आमा गुमाउनु,वुवा गाडि दुर्घटनामा परेर बित्नु र जीवनसंगिनीले छाडेर जानु । त्यस यता उनी नितान्त छन् एक्लो र रित्तो । समयले उनलाई एक्लो बनाए पनि मन कहिल्यै एक्लो भएन । भन्छन नि जीवनमा सबैथोक खानु तर हरेश नखानु । हो हरेश खाएनन् उनले । र त होमिए वेवारिसेहरुको जीवन र मुहारमा खुसी भर्न । आफू रित्तिएर पनि ऋणमा डुबेर भएर पनि उनी वेवारिसेहरुको उद्धारमा तल्लिन छन् विगत आधा दशकदेखि । यही बीचमा संस्था जन्माए एक्सन फर सोसल चेन्ज ।

युवावयमा पिताजी गाडी दुर्घटनामा परेर बित्नु र उनको शव त्रिवि शिक्षण अस्पतालको वेवारिसे गृहमा थन्किएपछि त्यही समय हो उनको मस्तिक रन्थिनिएको । महालेखा परिक्षकको कार्यलयका जागिरे पिताजीको लाश वेवारिसे लाशहरुको चाङमा भेटे लगतै उनको दिमाग हल्लियो आखिर जीवन भन्नु केही रहेनछ । जो कोही मान्छे,चाहे जति सुकै सम्पन्न भए पनि एक दिन बित्नेछ । थाहा छैन को मान्छे कतिखेर बित्छ र कसरी बित्छ ? हो यही समयदेखि उनले स्थापना गरे एक्सन फर सोसल चेन्ज । संस्था स्थापना गर्नुको प्रमुख उदेश्य थियो कोही पनि मान्छे वेवारिसे भएर बित्नु नपरोस । बाँच्न नपरोस ।

यो बीचमा उनले सडक,मठ,मन्दिर,अस्पतालमा भेटिएका १०० भन्दा बढी लाशहरुको सद्गद् गरिसकेकाछन् । एउटा लाशको सद्गद् गर्न झण्डै १० हजार बढी खर्च हुन्छ । यद्यपि, आम्दानीको स्रोत कोही छैन । बरु भएको जग्गा बेचेर भए पनि यी लाशहरुको सद्गद् गरेका छन । साथी तथा सहह्ृदयीहरुसँग ऋण लिएर,चढ्दै आएको मोटरसाइकल धरौटीमा राखेर धेरै पटक लाशहरुको सदगद् र वेवारिसेहरुको उपचार गरेका छन् । राज्यका कुनै निकायबाट सर सहयोग नभए पनि साथीसंगीहरुसँग ऋण लिएरै उनले त्यस्ता वेवारिसे लाशहरुको सद्गद् गर्दै आएका छन् । भिडियोसहित

Related Articles

Back to top button