समाचार

कैलालीमा कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृत फेला

धनगढीः कैलालीमा कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीको कोठामा उनकी प्रेमिका सञ्जिता चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन्।

मृतकका दाजु रमेश चौधरीले १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी बहिनी आइतबार बिहान उनकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेको बताए। चौधरी पा सो ल’गा’ए’को अवस्थामा भेटिएपनि खुट्टा भु’ईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण ह’ ‘त्या ग’रिएको आशंका उनले गरे।

प्रहरीका अनुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे।

मृतकको परिवार स्रोतका अनुसार निरज र सञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए। शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए।

दुवै पक्षबीच रातिसम्म छलफल भएको पारिवारिक स्रोतले जनाएको छ। निरजले दुबैलाई श्रीमतीको रूपमा राख्ने भनेपछि ‍सञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो।

निरज राति नै भगाएर ल्याएकी महिलासँग भागेपछि सञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको शव फेला परेको हो। अहिले प्रहरीले घटनासम्बन्धी अनुसन्धान गरिरहेको डिएसपी बिष्टले बताए।

ईलाका प्रहरी कार्यालय चौमालाले भने घटनास्थल सिल गरिसकेको छ। घटनापछि कार्यवाहक वडाध्यक्ष चौधरी भने सम्पर्कविहीन भएको आफन्तले बताए। हालै अर्की युवतीसँग विवाह गरेका का. वडाध्यक्ष र उनकी श्रीमती शनिबार रातिदेखि नै सम्पर्कविहीन भएको स्थानीयले बताएका छन्।

उक्त वडाका अध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भएको थियो। त्यसपछि चौधरीलाई कार्यवाहक वडाअध्यक्ष दिइएको थियो।

Related Articles

Back to top button