हलिवूड/बलिवूड

कपिल शर्माको छोराको नाम के होला? सबैको चासो बढेपछि कपिलले दिए यस्तो जवाफ

भारतीय हास्य जगतमा कपिल शर्माको नाम अघि आउँछ त्यसले उनका हरेक घटना समाचार बन्ने गर्छन् । कपिलको ब्यक्तिगत जीवनबारे पनि मानिसको धेरै चासो रहने गर्छ । उनको विाह बच्चा श्रीमति सबैको बारेमा समाचार बन्ने गरेको छ ।

छोरीका आमाबुवा बनेपछि कपिल शर्मा र उनकी श्रीमती गिन्नी चतरथ दोस्रो पटक आमाबुवा बनेका छन् । भारतीय हास्यकलाकारले यो खबर आफ्नो सोसल मिडिया अकाउन्टमार्फत् सेयर गरेका थिए ।

कपिल शर्माले ट्वीट गर्दै लेखे, ‘हाम्रो सानो छोराका लागि तपाईंहरु सबैको प्रेम र आशीर्वादका लागि मुरी मुरी धन्यवाद ।’

एक प्रशंसकले कपिल शर्मालाई सोसल मिडियामा बधाई दिँदै सोधे, ‘तपाईंले आफ्नो छोराको नाम के राख्नुभएको छ?’ यसको जवाफमा कपिल शर्मा भन्छन्, ‘धन्यवाद, तर अहिले नै नामकरण भएको छैन ।’

स्मरण रहोस्, कपिल शर्माकी छोरी अनायरा शर्मा १० डिसेम्बरमा एक वर्ष पूरा भएकी छिन् । कपिल शर्मा र गिन्नीले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए ।

Related Articles

Back to top button