समाचार

प्रहरीमा रा’जीनामा दिनेको लहर, ६ हजार ३८ जनाले दिए रा’जीनामा

काठमाडौँ ।नेपाल प्रहरीमा वृतिविकासको स’मस्या झे’ल्नुपर्ने प्रवृतिले प्रहरी कर्मचारीहरु ह’तास भएका छन् ।झण्डै ८० हजार फौ’ज भएको नेपाल प्रहरीमा वृत्तिविकासको स’मस्या झेल्ने कर्मचारी हरेक चौ’कीमा भेटिन्छन् ।प्रभाग, इप्रका, वृत्त, जिप्रका र परिसरमा झन् धेरै छन् । उनीहरू केही वर्ष त मन मा’रेर चि’त्त बुझाउँछन् । तर, अति भएपछि सेवाबाटै रा’जीनामा दिई अ’वकाशको बाटो रोज्छन् ।नेपाल प्रहरीको तथ्यांकअनुसार यसरी अवकाश रोज्ने सबैभन्दा धेरै तल्लो तहका ९ सइ, असइ, हवल्दार र जवान० कर्मचारी छन् ।पछिल्लो ३० महिनामा मात्रै ६ हजार ३८ कर्मचारीले सेवाबाट रा’जीनामा दिएका छन् ।

जसमध्ये ९९.३२ प्रतिशत अर्थात् पाँच हजार नौ सय ९७ जु’नियर कर्मचारी छन् ।त्यसमा पनि ह’वल्दार धेरै छन् । प्रहरीको तथ्यांकअनुसार ०७४ साउनयता चार हजार एक सय ४४ हवल्दार, सात सय ६६ जवान, सात सय ४१ असइ, दुई सय १५ सइ, २६ इ’न्स्पेक्टर, आठ डिएसपी, तीन एसपी र चार डिआइजीले सेवाबाट रा’जीनामा दिएका छन् ।‘नेपाल प्रहरीमा सेवाबाट रा’जीनामा दिनेमध्ये सबैभन्दा धेरै जु’नियर तहका प्रहरी कर्मचारी धेरै छन् । यसको कारण हामीले नियालिरहेका छौँ । कहीँ न कहीँ यो वृ’त्तिविकाससँग गएर जोडिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘अब यसको पु’नरावलोकन गर्नेतर्फ गृह मन्त्रालय ग’म्भीर छ र हुनु पनि पर्छ ।’

Related Articles

Back to top button